विभागद्वारा १५ फर्ममा अनुगमन, तीनवटालाई ७० हजार जरिवाना

काठमाडौं। नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ।

स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिशा खाद्य स्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो।

विभागका अनुसार ललितपुर महानगरपालिका– २२ बुंगमतिमा रहेको सुवा ग्रोसरीलाई ५० हजार जरिवाना गरेको छ।

ललितपुर महानगरपालिका–१८ मगरगाउँमा अवस्थित प्रमिशा खाद्यस्टोरलाई १० हजार र सूर्यविनायक नगरपालिका–६ पाण्डु बजारमा अवस्थित एजे सप्लायर्सलाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

ती फर्मलाई विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो।

विभागले थप १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकार भएका निकायसमेतको उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *