काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउनदेखि फागुनसम्म)मा १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ। सोही अवधिमा नेपालबाट १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागको तथ्यांक छ।
आठ महिनाको अवधिमा नेपालबाट हुने वस्तु तथा सेवाको निर्यात २०.८३ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा नेपालबाट १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २०.८३ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो। निर्यातमा वृद्धि भएसँगै आयात पनि १२.५४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा विभिन्न मुलुकबाट १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो। जुन आर्थिक वर्ष २०८१/८२ को तुलनामा १२.५४ प्रतिशतले बढी हो।






