स्नो रिभर्सको आईपीओ बिक्री खुल्यो, आयोजना प्रभावितले १० हजार कित्तासम्म माग गर्न सक्ने

काठमाडौं। स्नो रिभर्सले आजदेखि आईपीओ बिक्री खुलाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर निष्कासन गरेको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १८ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुलाएको हो।

आईपीओ मा न्यूनतममा १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये पनि आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजंघा गाउँपालिका–८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र सोही गाउँपालिका–१ देखि ७, सिदिङ्वा गाउँपालिका–५ र ६, पाथीभरा याङवारक गाउँपालिका–५ र ६ र पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता छुट्याइएको छ।

स्थानीयका लागि जारी आइपीओको निष्कासन बन्द छिटोमा चैत २३ गते र ढिलोमा वैशाख ८ गते हुनेछ भने वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १२ गते र ढिलोमा चैत २३ गते निष्कासन बन्द हुनेछ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *