टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् ।…

Read More

बुढासुब्बा गोल्डकप माघ २२ देखि

धरान। प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण यही माघ २२ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले २०५५ सालदेखि नियमित आयोजना गरिरहेको प्रतियोगिताअन्तर्गत यस वर्षको प्रतियोगिता यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ । आज पत्रकार सम्मेलनमार्फत गतवर्ष आठ टोलीको…

Read More

‘टाइगर कप २०८२’ माघ ९ गते देखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’

काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैटौँ संस्करणमा डिजिटल वालेट ‘खल्ती’ टिकटिङ पार्टनरका रूपमा जोडिएको छ । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने छ । यस वर्षको प्रतियोगितामा ७ पुरुष र ७ महिला गरी १४ टोली सहभागी हुँदैछन्, जसमा ४…

Read More

नेपाली क्रिकेट अब पछाडि फर्केर हेर्ने अवस्थामा छैन : क्यान अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले अब पछाडि फर्केर हेर्नुपर्ने अवस्था नरहेको बताएका छन् । सोमबार आयोजित जर्सी तथा ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् । अध्यक्ष चन्दले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपबाट नेपाली क्रिकेटको यात्रा उल्लेख गर्दै…

Read More

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं ।नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ को आईसीसी टी २० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको नयाँ आधिकारिक जर्सी सार्वजनिक गरेको छ । क्यानले विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झन्डामा रहेका चन्द्र र सूर्य अंकित गरिएको छ। समर्थकहरूका लागि यो जर्सी…

Read More

भारतमा हुने टि–२० विश्वकपमा बंगलादेश सहभागि नहुने

काठमाडौं । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा हुन लागेको २०२६ को टि–२० विश्वकपमा सहभागि नहुने घोषणा गरेको छ । बीसीबीले सुरक्षाको चिन्ता जनाउँदै २०२६ टी–२० विश्वकपका आफ्ना खेलहरू भारतबाहिर अन्य स्थानमा सार्न आईसीसीसँग औपचारिक अनुरोध गरेको हो । उक्त प्रतियोगिता भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने यसअघि नै तय भइसकेको छ । यद्यपी,…

Read More

टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक

टि–२० विश्वकप २०२६ को ट्रफी सार्वजनिक भएको छ । सोमबार एक विशेष समारोहको बीच ट्रफी सार्वजनिक गरिएको हो । आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुरको लागि आज नेपाल आइपुगेको हो ।

Read More

क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्व कप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले…

Read More

टी-२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा, को – को छानिए ?

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकप २०२६ को छनोट खेल्ने १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको जनाएको छ । टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिएको छ । घोषित खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी,…

Read More

टी–२० विश्वकपको ट्रफी नेपालमा, पुस २१ देखि २३ गतेसम्म हुने

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुने आइसिसी टी–२० विश्वकप को ट्रफी नेपालमा तीन दिन रहने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुस २१ देखि २३ गतेसम्म ट्रफी टुर हुने जानकारी दिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समावेश गरेको हो। ट्रफी नेपालमा पुस २१…

Read More

३३औं त्रिवेणी कप फुटबल प्रतियोगिता पौष १२ देखि बेसीसहरमा, DishHome GO र Action Sports HD1 मा प्रत्यक्ष प्रसारण

काठमाडाैं । लमजुङ सदरमुकाम बेंसीसहरमा त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिताको ३३औं संस्करण पौष १२ देखि हुने भएको छ । यस वर्ष प्रतियोगिताको विशेष आकर्षणका रूपमा सम्पूर्ण खेलहरू DishHome GO एप र Action Sports HD1 टेलिभिजन च्यानलमार्फत प्रत्यक्ष तथा एक्सक्लुसिभ रूपमा प्रसारण गरिनेछ । यसले देश–विदेशमा रहेका फुटबलप्रेमी दर्शकहरूलाई घरमै बसेर प्रतियोगिताको रोमाञ्चक प्रत्यक्ष अनुभव गर्न…

Read More

नवौं एनभीए भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं । पुस ११ गतेदेखि सुरु हुने नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्घाटन खेल हेल्प नेपाल र एपीएफबीच हुनेछ। पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी २० टोली सहभागी छन्। च्याम्पियनसिपको फाइनल खेल पुस २० मा हुनेछ।…

Read More

मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १…

Read More

काठमाडौंमा हुने आईसीसी महिला टी–२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक

काठमाडाैं। आउँदो जनवरीमा काठमाडौंमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह विभाजनसँगै खेलतालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार आयोजक नेपाल समूह ‘बी’मा परेको छ। नेपालसहित १० टोली सहभागी हुने यो प्रतियोगिता जनवरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सञ्चालन…

Read More

कोशी प्राइड लिग क्रिकेटको तेस्रो संस्करण फागुन ९ देखि सुनसरीमा

काठमाडौं । कोशी प्राइड प्रालिले कोशी प्राइड लिग (केपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आयोजना गर्ने भएको छ । आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म सुनसरीमा सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा सात टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा नमुना ब्लास्टर्स, इटहरी आदर्श जायन्ट्स, बिर्तामोड हिट्स, पूर्वेली सुपर किंग्स, एभरेस्ट…

Read More

एएफसीद्वारा नेपाललाई दुई हजार डलर जरिवाना

काठमाडौँ। एसियाली फुटबल महासंघ (एएफपी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई दुई हजार डलर जरिवाना गरेको छ । एसियाकप छनोट तेस्रो चरणको मलेसियाविरुद्धको खेल मैदानमा ढिला प्रवेश गरेको आरोपमा नेपाललाई यो कारवाही गरिएको हो। पछिल्लो नोभम्बर १८ मा मलेसियामा भएको त्यस खेलमा नेपाल १–० ले पराजित भएको थियो । बुकिट जलिलको नेसनल स्टेडियमा भएको खेलमा…

Read More

एलजी नेपालको क्याम्पेन: टी-२० विश्वकप प्रत्यक्ष हेर्न पाइने, नि:शुल्क मुम्बई भ्रमणको पनि अवसर

काठमाडौं । एलजी नेपालले आकर्षक उपभोक्ता क्याम्पेन घोषणा गरेको छ । क्याम्पेनअन्तर्गत एलजीका कुनै पनि प्रोडक्ट खरिद गर्ने ग्राहकले टी-२० विश्वकपअन्तर्गत भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा हुने नेपालको खेल प्रत्यक्ष हेर्न पाउनेछन् । साथै ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित यात्रा जित्ने अवसर पाउनेछन् । छनोट हुने विजेताहरूले म्याच टिकट, बसोबास तथा सिटी टुरसहितको…

Read More

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ। यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो । नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने…

Read More

एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित

काठमाडौँ । एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । सोमबार भएको समूह ‘बी’को दोस्रो खेलमा नेपाल बंगलादेशसँग सात विकेटको हारेको हो । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले प्रस्तुत गरेको १३१ रनको सामान्य लक्ष्य बंगलादेशले २४.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशको जितमा ओपनर…

Read More

एनपीएलका तीन उत्कृष्ट खेलाडीले पाए पल्सर एन १६० मोटरसाइकल

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर एन १६० मोटरसाइकल प्रदान गरेको छ । ‘टु ह्विलर पार्टनर’ रहेको गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनीले शनिबार एनपीएल दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडी रोहितकुमार पौडेल, सन्दीप लामिछाने र शेर मल्ललाई पल्सर एन १६० मोटरसाइकल पुरस्कारस्वरुप प्रदान गरेको हो । एनपीएल…

Read More