एनपीएलको खेल समय परिवर्तन, कुन दिन कस्को हुँदैछ भिडन्त ?

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ ।

डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विशेषगरी, दैनिक दुइ खेलहरु हुने दिनमा पहिलो खेल दिनको १२ः३० बजेबाट सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ः०० बजेका लागि निर्धारण गरिएको छ, त्यसैगरी दैनिक एक मात्र खेल हुने दिनमा खेल साँझ ५ः०० बजेबाट सुरु हुनेछ ।

यसअघि पनि पहिलो खेल १२ः३० बजेबाट रहेको थियो भने दोस्रो खेल ४ः३० बजे राखिएको थियो। दैनिक एक मात्र खेल हुने समय पनि ४ः३० बजे थियो।

एनपीएल कात्तिक ९ देखि सुरू हुँदैछ । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *