विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज ओमानको सामना गर्ने

काठमाडौँ ।  ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खला अन्तर्गत त्रिदेशीय एकदिवसीय खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ।

यो खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। ओमानमा आइतबार भएको खेलमा क्यानडालाई २४ रनले हराएको थियो।

नेपाल एकदिवसीय मान्यता जोगाउन शीर्ष–६ भित्र पर्नु पर्नेछ। अहिले अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *