भरतपुर अपडेट : तीन हजार मतान्तरले रेणु दाहालको अग्रता

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार मतान्तरले अग्रता कायम गरेकी छिन् । मध्याह्न पौने १ बजेसम्म ४१ हजार ६ सय ११ मत गणना हुँदा माओवादीकी दाहालले १५ हजार सात सय ४६ मत ल्याएकी छिन् । दाहाललाई उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १२ हजार ६ सय एक मतसहित पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार…

Read More

गठबन्धनलाई हराउँदै घोराही उपमहानगरमा एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ सत्ता गठबन्धनका संयुक्त उम्मेदवारलाई हराउँदै मेयरमा नरूलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसी विजयी भएका हुन् । मेयरमा चौधरी ३१७२८ मतका साथ विजयी भए । सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २६३६८ मत ल्याए । उपमेयरमा विजयी एमाले उम्मेदवार डिसीले…

Read More

सुदूरपश्चिम प्रदेशमा नेकपा एस शून्य

नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशमा सवैभन्‍दा ठूलो दल हो । नेकपा एमालेबाट विजयी २५ मध्ये १४ सांसद एकीकृत समाजवादीतिर लागेका छन् । ५२ सदस्यीय प्रदेश सभामा सवैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादीले स्‍थानीय तहमा भने प्रभाव देखाउन सकेको छैन । सुदूरपश्चिमका ६८ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमा ३२ कांग्रेस,…

Read More

श्रीलंकाका प्रधानमन्त्रीसहित ५० जना नेताका घरमा आगजनी,निशानामा राष्ट्रपति

श्रीलंकामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पूरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लंघन गर्नेहरुलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको बीबीसीले जनाएकाे छ । आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एकजना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट…

Read More

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आजै आदेश आउन सक्ने 

नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो । उक्त रिटमाथि आज पाँच जना अधिवक्ताहरूले बहस गरेका थिए । बहस सकिएपछि आजै आदेश आउने अनुमान गरिएको छ । बुधबारदेखि…

Read More

सम्पूर्ण संसार युक्रेनसँग ऐक्यबद्ध छः बेलायती राजकुमार ह्यारी

बेलायतका राजकुमार ह्यारीले सम्पूर्ण विश्व युक्रेनसँग ऐक्यबद्ध रहेको बताएका छन् । नेदरल्याण्ड्समा इन्भिक्टस खेलको उद्घाटन समारोहमा बोल्दै, राजकुमार ह्यारीले भने, ‘संसार युक्रेनसँग एकजुट छ । ’ ‘तपाईलाई थाहा छ हामी तपाइँको साथमा छौँ । संसार तपाइँसँग एकताबद्ध छ । अझै पनि तपाइँ धेरै योग्य हुनुहुन्छ’, उद्धघाटन समारोहलाई सम्बोधन गर्दै राजकुमार ह्यारीले भने । युक्रेनी राष्ट्रपति…

Read More

कुलमान र गण्डकी प्रदेशका सभामुखलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ । आयोगको बिहीबारको बैठकले घिसिङ र अधिकारीलाई निर्वाचन आचारसंहिता मिचेकोबारे प्रष्टीकरण सोधेको हो । सरकारी कर्मचारीको भूमिकामा रहेका घिसिङले निर्वाचन आचारसंहिता विपरीत गरेको आरोपसहित आयोगले सात दिने स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रको एक निर्वाचन सामाग्रीमा…

Read More

सम्पादकीय : नयाँ वर्षमा नेताहरुको बुद्धि फिर्ता आओस् आजदेखि हामी नेपाली नयाँ वर्ष विक्रम संवत २०७९ मा प्रवेश गरेका छौं । समयको प्रवाह अनन्त छ । यो चलिरहन्छ । यो अनन्त प्रवाहलाई हामी खण्ड खण्डमा विभाजन गर्छौैं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुसी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं । सांस्कृतिक अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका…

Read More

एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघ बिच क्युआर कोड सम्बन्धी सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू.आर. कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७ सयभन्दा…

Read More

विदेशी मुद्राको सञ्चितिको (पूर्णपाठ)

अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् । असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१…

Read More

क्लब भलिबल लिग वैशाख १८ देखि

आरबिबि-एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग प्रतियोगिता वैशाख १८ देखि हुने सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार श्रेष्ठ र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माबिच सम्झौता पत्रमा हस्ताक्षर भयो । वाणिज्य बैंकले प्रायोजन स्वरूप भलिबल संघलाई अठार…

Read More

जानकीनगर साझेदारी वनमा व्यापक काठ तस्करी, सम्बन्धीत निकाय मौन

जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६, र हरिपुर नगरपालिका–१, मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको स्थानीयको आरोप…

Read More

गरिबी र बेरोजगारीले म्यादी बन्नेहरूको पिडा

चैत महिनाको टन्टलापुर घाम । यहीँ घाममा चलिरहेको छ, म्यादी प्रहरीको छनोट प्रक्रिया । ६ सय ५२ सिटका लागि जिल्लामा एक हजार सात सय ७१ जनाले आवेदन दिएका छन् । १५ गतेदेखि सुरूभएको छनोट प्रक्रिया १८ गते अर्थात् आजसम्म चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको प्राङ्गडमा चलिरहेको छनोट प्रक्रियामा सयौं युवायुवतीको भीड लागिरहेको छ…

Read More

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम असुल गर्ने पक्राउ

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेकाे आराेपमा पक्रेकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरेको हो । मण्डललाई नियन्त्रणमा लिएर…

Read More

प्रोग्रेशिभ फाइनान्सको २५औं वार्षिक साधारण सभा बुधवार हुने

प्रोग्रेशिभ फाइनान्सको २५औं वार्षिक साधारण सभा चैत १६ बुधवार हुने भएको छ । सभा ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे शुरु हुने जानकारी दिएको हो । सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले यस कम्पनी र अन्य…

Read More

डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनरमा ‘खल्ती’

१२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती डिजिटल वालेट’ले साझेदारी गरेको छ । यो प्रतियोगिता १२ चैत देखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८:०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात…

Read More

तीन वर्षीया बालिका करणी आरोपमा २५ वर्षीय युवक पक्राउ

पाल्पामा तीन वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका–६ घर भएका २५ वर्षीय प्रेम पुन मगर रहेका छन् । पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

Read More

एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग

सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुप‍ोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएक‍ो अस्पतालले जनाएको छ। गाउँपालिकामा आसमा नेपाल र डब्लुएचएचको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र…

Read More

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइदै

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो । यही २५ चैतदेखि १८  बैशाखसम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ । टाइफाइड तथा म्यादे…

Read More

डा. हर्क गुरुङ प्रतिष्ठानलाई साढे दुई लाख सहयोग

भूगोलविद् डा. हर्क गुरुङको स्मृतिमा खोलिएको डा. हर्क गुरुङ प्रतिष्ठानलाई तमु प्ये ल्हु संघ बेलायतले आर्थिक सहयोग गरेको छ । डा. गुरुङको समाधिस्थल रहेको मर्स्याङदी गाउँपालिका-७ ताङ्लीचोकमा निर्माणाधीन पार्कका लागि तमु प्ये ल्हु संघ बेलायतले २ लाख ५७ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । तमु प्ये ल्हु संघ बेलायतका अध्यक्ष रणबहादुर गुरुङले प्रतिष्ठानका…

Read More