एउटै गाउँका ४९ कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग

सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुप‍ोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ।

गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएक‍ो अस्पतालले जनाएको छ।

गाउँपालिकामा आसमा नेपाल र डब्लुएचएचको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र जाउले पाइरहदा समेत प्रयोग गर्न नजानेर समस्या न्युनिकरण हुनुको सट्टा वृद्धि हुँदै गएको स्थानीयले बताए ।

उक्त गाउँमा बसोवास गर्दै आएका दलित, विपन्न मात्र नभएर अन्य जातजातिका बालबालिका पनि कुषोषण र क्षयरोको सिकार बनेको पोषण पुनस्स्थापना केन्द्र सप्तरीका प्रमुख रश्मी झाले बताइन्।

उनले भनिन्, ‘विपन्न मात्र नभई, सम्पन्न परिवारका बालबालिका पनि कुपोषित छन् । सन्तुलित आहारक‍‍ो विषयमा जानकारी नभएर यस्तो भएको ह‍‍ो । कुपोषणको अवस्था विकराल छ । हाम्रो लक्ष्यभन्दा बढी कुपोषित बालबालिका आउँछन् । सीमित बजेट भएकोले थेग्नै गार्‍हो भएको झाको भनाइ रहेको छ।

पोषण पुनःस्थापना गृहमा १० वटा बेड छ। भर्ना भएका बालबालिका तीन हप्तादेखि चार हप्तासम्म राख्नुपर्ने हुन्छ।

वर्षिक एक सय २० जनालाई सेवा दिने लक्ष्य भए पनि साउनदेखि चैत पहिलो हप्तासम्ममा  एक सय जनालाई सेवा दिइसकेक‍ो झाले बताइन् । उनले भनिन्,– जिल्लामा कुपोषणको डरलाग्दो अवस्था भए पनि सम्बन्धित निकायले न्यान नदिनु दुःखद् हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *