नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८२ हजार ९६५ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ८२ हजार ९६५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् ।

बैंकका पाँच जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर आंशिक वा पूर्ण रूपमा बिक्री गर्न आवश्यक स्वीकृतिका लागि बैंकमा निवेदन दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक समूहको शेयर बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बैंकले आफ्ना सम्पूर्ण संस्थापक शेयरधनीलाई जानकारी गराउन ३५ दिने सूचना प्रकाशित गरेको छ ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर कित्ता र रकम उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर बिक्री गर्न आवश्यक प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *