गठबन्धनलाई हराउँदै घोराही उपमहानगरमा एमाले विजयी

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । यहाँ सत्ता गठबन्धनका संयुक्त उम्मेदवारलाई हराउँदै मेयरमा नरूलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसी विजयी भएका हुन् ।

मेयरमा चौधरी ३१७२८ मतका साथ विजयी भए । सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा पोखरेलले २६३६८ मत ल्याए । उपमेयरमा विजयी एमाले उम्मेदवार डिसीले ३०४०३ मत ल्याइन् ।

सत्तागठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले ३०३५४ मत प्राप्त गरे ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *