भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार मतान्तरले अग्रता कायम गरेकी छिन् । मध्याह्न पौने १ बजेसम्म ४१ हजार ६ सय ११ मत गणना हुँदा माओवादीकी दाहालले १५ हजार सात सय ४६ मत ल्याएकी छिन् ।
दाहाललाई उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १२ हजार ६ सय एक मतसहित पछ्याइरहँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार पाँच सय १३ मत प्राप्त गरेका छन् ।






