ऋणी भेला पारेर बैंकले रकम मागे लखेट्नु भन्दै उक्साउने व्यक्ति पक्राउ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरू भेला पारेर रकम माग्न आएमा लखेट्नु भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा घर भई भक्तपुरको ठिमी बस्दै आएका ४५ वर्षीय देवीप्रसाद संग्रौला रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनले सामाजिक सञ्जाल तथा निगरानी अनलाइन टिभीमार्फत उक्त अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।

ऋणीहरूलाई उनले बैंकले रकम मागेमा कर्मचारीलाई लखेट्नु, भौतिक आक्रमण गर्नु, मोसो दल्नु जस्ता अभिव्यक्ति दिएको प्रहरीले बताएको छ ।

उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *