बैंक कर्मचारीमाथि आक्रमण र कालो मोसो दल्न उक्साउने पक्राउ

काठमाडौं। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले पक्राउ गरेको छ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारी घरमै पुगेर ऋण असुली गर्दा कालो मोसो दल्ने र भौतिक आक्रमण गर्नेजस्ता उत्तेजक अभिव्यक्ति दिएको आरोपमा ४५ वर्षीय देवीप्रसाद संग्रौलालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार संग्रौलाले सामाजिक सञ्जाल तथा निगरानी टेलिभिजनमार्फत बैंक तथा वित्तीय संस्थाविरुद्ध उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए।

उनले विभिन्न जिल्लामा पुगेर ऋण लिएका व्यक्तिलाई भेला गराई बैंक तथा वित्तीय संस्थाप्रति भड्काउने गतिविधि गरेको आरोप छ।

संग्रौलाले बैंक तथा वित्तीय संस्थाका कर्मचारी ऋण असुलीका लागि घरमा आए लखेट्ने, कालो मोसो दल्ने तथा भौतिक आक्रमण गर्नेजस्ता कार्यका लागि उक्साउने अभिव्यक्ति दिएको प्रहरीले बताएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *