रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः मन्त्री पौडेल

बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गरेका छन् । नेपालमै सरकारी क्याम्पसहरुमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ । स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू…

Read More

स्वास्थ्य सुधारमा नेपालले गरेको प्रयासको अमेरिकी डायस्पोराद्वारा प्रशंसा

काठमाडाैं । अमेरिकावासी नेपाली समुदायले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको स्वास्थ्य सेवा सुधारमा लिएको सक्रियताको प्रशंसा गरेका छन् । अमेरिकाको न्यूयोर्कमा नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्त्री प्रदीप पौडेलले अघि बढाएको सुधार कार्य सकारात्मक रहेको भन्दै यसबाट आफूहरु आशावादी रहेको बताए । दुवै कार्यक्रममा बोल्ने वक्ताहरुले नागरिकमा प्रत्यक्ष…

Read More

समाचार प्रभाव: ह्याम्स अस्पतालका नक्कली डाक्टरको नाम वेवसाईटबाट हटाईयो

काठमाडौं । ह्याम्स अस्पतालमा ‘नक्कली डाक्टर’ भन्ने समाचार सार्वजनिक भएपछि अस्पतालको वेवसाईटमा भएको नाम परिवर्तन गरिएको छ । अस्पतालको वेवसाईटमा आरएस भण्डारी अर्थात् रामशरण भण्डारीको नामको अगाडि डाक्टर लेखिएको थियो । यस बिषयमा अर्थसंजाल डटकम लगायतका संचारमाध्यममा समाचार प्रकाशन भएपछि अहिले भण्डारीको नामको अघिल्तिर भएको डक्टर उपामा हटाईएको छ। अस्पतालको वेवसाईटमा भएको नाम परिवर्तनसँगै अस्पताल…

Read More

भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुविधाको‍ सुरुवात

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरुवात गरे । जिम्मेवारी सम्हाल्नासाथ संघीय राजधानी केन्द्रित विशिष्टिकृत उपचार प्रदेशस्तरसम्म पुर्याउने घोषणा गरेका मन्त्री पौडेलले क्यान्सरको विस्तारित उपचार, मानव अंग प्रत्यारोपणसँगै मुटु उपचार विस्तार गरेका हुन् । सेवा…

Read More

देशका प्रमुख स्वास्थ्य संस्थामा अर्बौँको मूल्यका मेडिकल उपकरण प्रयोगविहीन

काठमाडौं । देशका प्रमुख स्वास्थ्य संस्थामा अर्ब रुपैयाँभन्दा बढी मूल्यका मेडिकल उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदन अनुसार कोशी अस्पतालले विगतमा खरिद गरेको भेन्टिलेटर लगायतका २ करोड ८ लाख ६५ हजारको ५ प्रकारका उपकरणहरू प्रयोगविहीन अवस्थामा छन् । त्यसैगरी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा विगतमा आफैँले खरिद गरेको र स्वास्थ्य…

Read More

आँखाको दृष्टि कमजोर छ ? नियमित खानुहोस् यी जुस

काठमाडौँ।  लामो समयसम्म स्क्रिनमा बस्नु, तनाव र पोषणको कमीका कारण अधिकांश मानिसको आँखामा समस्या देखिन थाल्छ । आँखाको ज्योति पनि विस्तारै कम हुँदै जान्छ ।   आँखाको ज्योति राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । यस्तै विभिन्न तरकारी र…

Read More

स्वास्थ्य मन्त्रालयले रेबिजबिरुद्धको ५१ हजार भायल खोप सातै प्रदेशमा पठायो, सर्प दंशविरुद्धको औषधी पनि आपूर्ति

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ । विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा प्रमुख डा.पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधी प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको बताए । रेबिज तथा सर्पदंश…

Read More

सरकारले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सक्दैन : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकार मात्रको भरमा सबैलाई नि:शुल्क स्वास्थ्य र शिक्षा उपलब्ध गराउन सम्भव नभएको स्पष्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा सामुदायिक तथा निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे। उनका अनुसार हाल राज्यको बजेट यस क्षेत्रमा अत्यन्त सीमित छ र…

Read More

अब बीमाबाटै विपन्न नागरिकको उपचार,के-के पाईन्छ सुविधा ?

काठमाडौं। सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रमलाई व्यवस्थित र पारदर्शी बनाउन  स्वास्थ्य बिमा बोर्डमार्फत सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८० (पहिलो संशोधन २०८२)’ स्वीकृत गरेसँगै यो निर्णय कार्यान्वयनमा आएको हो। निर्देशिकाअनुसार विपन्न नागरिकलाई प्रदान गरिने आठ प्रकारका कडा रोगको उपचारको भुक्तानी अब स्वास्थ्य बिमा बोर्डको…

Read More

वैदेशिक रोजगारी जाने श्रमिकले स्वास्थ्य परीक्षण गर्दा ९ हजार ५ सय शुल्क तिर्नुपर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि अनिवार्य स्वास्थ्य परीक्षण शुल्कमा वृद्धि गरेको छ। नयाँ दरअनुसार श्रमिकले अब ९,५०० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि स्वास्थ्य परीक्षण केन्द्रहरूले अधिकतम ६,५०० रुपैयाँसम्म असुल्दै आएका थिए। शुल्क क्षेत्रमा एकरूपता ल्याउने उद्देश्यले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने र समान दर लागू गर्ने निर्णय गरेका…

Read More

खजुरीको ‘पफ’ अखाद्य तथा गुणस्तरहीन ठहर , बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालिद्वारा उत्पादित ‘पफ’  गुणस्तरहीन पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ । विभागले नियमित बजार अनुगमनका क्रममा सङ्कलन गरेको उक्त पफको नमुना प्रयोगशालामा परीक्षण गर्दा, त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएको हो । खाद्य…

Read More

माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

काठमाडौं । सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो । कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।…

Read More

सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन

सिरहा । सिरहा जिल्लामा इजाजत बिना वा स्वीकृत सेवाभन्दा फरक सेवा प्रवाह गर्दै आएका निजी अस्पताल, पोलिक्लिनिक तथा एम्बुलेन्स सञ्चालनकर्तालाई जिल्ला प्रशासन कार्यालय सिरहाले ७ दिनभित्र आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै जिल्लाभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले सम्बन्धित सरकारी निकायबाट प्राप्त इजाजत, स्वीकृतिपत्र,…

Read More

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।  

Read More

अर्बौं भुक्तानी नहुँदा स्वास्थ्य बीमा धरापमा, बोर्डका निर्देशकले उठाए हात

काठमाडौँ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अस्पताललाई दिनुपर्ने अर्बौं रुपैयाँ भुक्तानी लामो समयदेखि रोकिँदा उत्पन्न संकटका बीच स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्। उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत प्रधानमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएका हुन्। भुक्तानी रोकिएका कारण सरकारी तथा निजी अस्पतालहरूले सेवा सञ्चालन गर्न नसक्ने अवस्था आएको भन्दै असन्तुष्टि बढ्दै गएको थियो।…

Read More

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही। आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले दुई करोडभन्दा बढीको आधुनिक उपकरण हस्तान्तरण गरेको छ। बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गरेका हुन्। स्तरोन्नतिका लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको…

Read More

स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सोमबार बोर्डका वरिष्ठ मेसु डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम प्रणालीमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिएका हुन् । बोर्डले स्वास्थ्य बीमामा रियल टायम दाबी गर्ने सम्बन्धी कार्यविधि ,…

Read More

स्वास्थ्य बीमाको दुरुपयोग नगर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको दुरुपयोग नगरी जिम्मेवार उपयोग गर्न सबै सेवाग्राही तथा सेवा प्रदायकलाई आग्रह गरेको छ । मंगलबार बोर्डले विज्ञप्ती जारी गर्दै बीमा सेवाको दुरुपयोग नगर्न र अनावश्यक परीक्षणहरुका लागि चिकित्सक÷स्वास्थ्यकर्मीहरुलाई दबाब नदिन आग्रह गरेको हो । विज्ञप्तीमा लेखिएको छ,‘सामाजिक ऐक्यबद्धता सिद्धान्त अनुरुप सञ्चालन गरिएको यस स्वास्थ्य बीमा मार्फत वित्तीय व्यवस्थापन…

Read More

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको…

Read More

देशको अवस्थाले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ : मन्त्री शर्मा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतम शर्माले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाले नागरिकको मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको बताएकी छन् । बुधबार लगनखेलस्थित मानसिक अस्पतालको अवलोकनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री शर्माले आफूले सपथ ग्रहण गरेकै दिनदेखि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताइन् । उनले अहिलेको राष्ट्रिय परिस्थितिका कारण समाजमा विभिन्न…

Read More