काठमाडौं – ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ नारासहित विश्व क्षयरोग दिवस मनाइँदै
काठमाडौंमा आज विश्व क्षयरोग दिवस ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नारासहित मनाइँदैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको छ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भुवन पौडेलका अनुसार नेपालमा हरेक वर्ष करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला पर्छन् र करिब १६ हजारले यसका कारण ज्यान गुमाउँछन्।
देशभर ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार उपलब्ध छ, जसमा ७८५ संस्थामा निःशुल्क माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा उपलब्ध छन्।
मन्त्रालयले लगातार खोकी, रगतसहितको खकार, छाती भारी हुने, अकस्मात तौल घट्ने वा बढी पसिना आउने लक्षण देखिएमा नजिकैको स्वास्थ्यचौकीमा परीक्षण गराउन सचेत गराएको छ






