कुमारी बैंकको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा
कुमारी बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नसमेत आह्वान गरेको छ । सो सेयरको मूल्य भने खुलाइएको छैन ।…



