कामना सेवाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गते सम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारीतका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे पार्क भिलेज रिर्सोट बुढानिलकण्ठमा हुने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *