प्रि-ओपन सेसनमा ११।१० अंकले बढ्यो नेप्से

बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ११ दशमलव १० अंकले बढेको छ । बुधबारको सो सेसनमा ११ दशमलव १० अंक बढेर दुई हजर ५२२ दशमलव २० विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार नेप्से ७७ दशमलव ३३ अंक घटेर दुई हजार ५१० दशमलव ७३ विन्दुमा बन्द भएको थियो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स दुई दशमलव ०६ अंकले बढेको छ ।

बुधबार प्रि-ओपन सेसनमा २९ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी दुई कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *