नेप्सेले तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरेको छ ।नेप्सेले ब्रोकर नम्बर ५८ नासा सेक्युरिटि, ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज र ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिजसँग सात दिने स्पष्टिकरण माग गरेको हो ।
आइतवार नेप्सेको सुपरिवेक्षण विभागबाट उल्लेखित तीन ब्रोकर कम्पनीहरुसँग स्पष्टिकरण माग गरिएको हो ।यी ब्रोकर कम्पनीहरुले नियम विपरित कार्य गरेकाले छानविनका लागि स्पष्टिकरण माग गरिएको नेप्सेको भनाई छ ।
यी ब्रोकर कम्पनीहरुबाट नेप्सेको प्रणालीमा ग्राहकहरुको झुठा विवरण रुजु नगरी प्रविष्ट गरेको हुँदा नेप्सेले कारावाही अघि बढाउनका लागि स्पष्टिकरण माग गरेको जानकारी दिएको छ । पूर्ण अनलाईन कारोबार प्रणालीमा गएको नेप्सेको कारोबार प्रणालीमा ग्राहकहरुको सत्यतथ्य विवरणहरु प्रविष्ट गरी पारदर्शी कारोबारका लागि सहयोग पु¥याउने नेप्सेले सुझाब दिएको छ ।