नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नगद लाभांश वितरण गर्ने प्रस्तावलाई रोक लगाएको छ । बैंकले पहिलो पटक घोषणा गरेको ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले हेरफेर गरिदिएको हो ।
२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले त्यसलाई रोकेर बोनस सेयर दिन सक्ने जनाएको छ । अब राष्ट्र बैंकको निफ्राले नगदको ठाउँमा बोनस सेयर दिनेछ ।
निफ्राले ८ प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस सेयरपछि निफ्राको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँले बढ्ने जनाएको छ ।
निफ्राले कर प्रयोजनका लागि ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिनेछ । पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि स्थापन भएको बैंकले ८ अर्ब रुपैयाँ सर्वसाधारणलाई सेयर बिक्री गरेको छ ।
बैंकले गत वर्षसम्मको सञ्चिति मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरेको हो । बैंकको गत वर्षको वितरणयोग्य नाफामा ६५ करोड ८५ लाख रुपैयाँ थियो ।
बैंकले कुल ऋण लगानी २ अर्ब २७ करोड रुपैयाँ गरेको छ भने यसबाहेक विभिन्न क्षेत्रमा एक अर्ब २८ करोड रुपैयाँ लगानी रहेको उल्लेख गरेको छ







