विराटनगर । कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि किसान केन्द्रित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
संस्थाले दुग्ध उत्पादन वृद्धि, सहुलियत कर्जा, उत्पादनमा बोनस, पशु स्वास्थ्य सेवा, उद्योग विस्तार र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।
संस्थाका अनुसार सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र तेह्रथुमका ८८२ दुग्ध उत्पादक किसानलाई नयाँ सदस्य बनाइनेछ।
३५० किसानलाई सहुलियत कर्जा उपलब्ध गराइने तथा उत्पादनका आधारमा प्रतिलिटर दुईदेखि तीन रुपैयाँसम्म बोनस दिइने व्यवस्था गरिएको छ।
तरहरास्थित उद्योग विस्तार, नयाँ सेवा केन्द्र स्थापना, ‘एक पालिका, एक पशु स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन तथा डिजिटल माध्यमबाट बजार विस्तार गर्ने योजना पनि संस्थाले सार्वजनिक गरेको छ।
Artha Sanjal






