साउनमा घट्यो मासुको व्यापार
काठमाडौँ । साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन्। विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आएका सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ। ‘अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ,’ उनले भने, ‘सोमबार त झन् अत्यन्तै कम…



