नेपाल टेलिकमको नाफामा ५७ प्रतिशत गिरावट

काठमाडौं । नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा जम्मा २ अर्ब ६६ करोडमा खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब २३ करोड थियो ।

कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ३ अर्ब ७० करोडमा खुम्चिएको छ ।

सेवा बिक्रीवापतको आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५६ करोड रहेकोमा गत आर्थिक वर्ष ३४ अर्ब ५३ करोड छ । जगेडा कोषको आकार ७१ अर्ब १५ करोड छ ।

वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्ष ३४ रुपैयाँ ६४ पैसा रहेकोमा गत आर्थिक वर्ष १४ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँमा झरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *