बढ्यो कुखुरा मासुको मूल्य

काठमाडौं । कुखुरा व्यवसायीले साउनमा मासुको आपूर्ति कम हुँदा मूल्य बढाएका छन् ।

राष्ट्रिय कुखुरा व्यवसायी संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको मूल्य १५ रुपैयाँले वृद्धि गरेको छ ।

‍जिउँदो कुखुराको मूल्य २४० रुपैयाँबाट २५० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य ३३५ रुपैयाँबाट ३५० रुपैयाँ पुगेको संघले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *