निसान म्याग्नाइटले १५ देशमा सुरु गर्यो निर्यात

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको हो ।

निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र मलावीमा समेत उपलब्ध छ ।

निसान म्याग्नाइट ‘मेक इन इन्डिया, मेक फर द वर्ल्ड’ नाराका साथ भारतमै उत्पादन गरिएको हो । तमिलनाडुस्थित निसानको चेन्नाई प्लान्टमा उत्पादन गरिएको निसान म्याग्नाइट सन् २०२० को डिसेम्बरमा भारतमा लन्च गरिएको थियो । त्यसपछि भारतमा मात्र ७८ हजार ग्राहकले यसको बुकिङ गरेका छन् भने ६ हजार ३४४ म्याग्नाइट अन्य देशमा निर्यात गरिएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *