प्लेनमा अफिस जान्छन कर्ट भोन

विश्वका कयौं मुलुकमा आज पनि धेरैका लागि विमान चढ्नु भनेको एउटा सपना जस्तै हो । अझ हाम्रो देशमा राम्रो सुविधा भएको बसमा लामो दूरीको यात्रा गर्न धेरैले भाडामै समेत मोलमोलाई गरिरहेका भेटिन्छन् । तर, एक अमेरिकी नागरिक दिनहुँ आफ्नो कार्यालय बसमा होइन, विमानै चढेर जान्छन् ।

यसरी विमान चढेरै कार्यालय पुग्ने अमेरिकी नागरिक हुन्– कर्ट भोन बादिन्सिकी । पेसाले मेकानिकल इन्जियनर उनी अमेरिकी राज्य सन फ्रान्सिस्कोस्थित एउटा टेक कम्पनीका सह–संस्थापक पनि हुन् । लस एन्जेलसमा बस्ने कर्ट दैनिक हवाई यात्रा गर्दै सन फ्रान्सिस्कोस्थित आफ्नो कार्यालय पुग्ने गरेका हुन् ।

साताको पाँच दिन लस एन्जेलसबाट सन फ्रान्सिस्को यात्रा कर्ट भोले प्रत्येक दिन ६ घन्टा लगाएर पूरा गर्ने गरेको बताइन्छ । उनी कार्यालय जान ५ बजे उठ्छन्, १५ मिनेट कार चलाएर बोब होप बरबैंक विमान स्थल पुग्छन् । त्यहाँबाट ५६८ किलोमिटर उत्तर–पश्चिमस्थित ओकल्यान्डसम्मको ९० मिनेटको हवाई यात्रा गर्छन् ।’ उनी क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको सिंगल इन्जिन विमान टर्बोप्रोपको उडानमा यात्रा गर्नुअघि सर्फ एयरको डिपार्टचर भवन नजिकै आफ्नो कार पार्किङ गर्छन् ।

बरबैंकदेखि ओकल्यान्डको यात्रा गर्न उनी २ हजार ३ सय अमेरिकी डलर तिर्छन् । विमानस्थलमा सुरक्षा जाँचमा समय लाग्ने भएकाले उनी विमानस्थलमा प्रवेश गर्न वैकल्पिक मार्गको प्रयोग गर्छन् । उनी कार पार्किङ गरेको केही मिनेटभित्रै विमान चढेर गन्तव्यतिर लाग्छन् । विमान सेवाले निर्धारण गरेको टिकट दरमै उनी असीमित यात्रा गर्ने गरेको बताउँछन् । दिनभरि काम गरेपछि उनी साँझ ५ बजे फ्री हुने गरेको बताए । राति ९ बजे उनी घर पुग्छन् ।

यसरी उनले एउटा विमान र दुईटा कारमा यात्रा गर्दै साताको पाँच दिनसम्म आफ्नो कार्यालय आउजाउ गर्छन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *