बजाजको नयाँ सर्भिस सेन्टर गुसिङगालमा

बजाज मोटरसाइकलको नयाँ शोरुम कुपण्डोलको गुसिङगालमा खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा गुसिङगाल मोटरसाइकल सर्भिस सेन्टर खोलेको हो ।

अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको कम्पनीले जनाएको छ ।

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी कम्पनीले गरेको छ ।

एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *