बीएमडब्लूले उत्पादन गर्यो विद्युतीय गाडी

जर्मन लक्जरी कार निर्माता बीएमडब्लुले आफ्नो इलेक्ट्रिक आइएक्स इभी एसयुभी लन्च गर्दैछ । यो कार युरोपेली र अमेरिकी बजारमा उपलब्ध हुने छ । यसलाई युरो एनसीएपी क्र्यास टेस्टमा पनि सबैभन्दा सुरक्षित कार मानिएको छ । यो बायाँ हात र दायाँ दुबै हातले ड्राइभिङका लागि दिइएको छ ।

यसमा एडल्ट ओक्युपेन्ट प्रोटेक्शन श्रेणीमा ९१ प्रतिशत रेटिङ पाएको छ । कारले ३८ अंकमा ३४.७  अंक प्राप्त गरेको छ ।  कारले परीक्षणको क्रममा लेटरल इम्प्याक्ट टेस्ट र रियर इम्प्याक्ट टेस्टमा उत्कृष्ट स्कोर गरेको छ । तर, निकासी परीक्षणमा २ अंकमा १ अंक पाएको छ । ब्रेक इन्टरभेन्सनको साथ अगाडि दुर्घटनाको रोकथाम चेतावनी प्रणालीको समेत जडान गरिएको छ जसले पैदल यात्रीहरू र वरपरका सवारी साधनहरूको बारेमा जानकारी दिन्छ । यसबाहेक, यसको स्वचालित आपतकालीन प्रणालीले पैदल यात्रु र सवारी साधनसँग ठोक्किने जोखिमलाई कम गर्न मद्दत गर्दछ । यसको एक्स शोरुम मूल्य करिब १ करोड रुपैयाँ भारु हुन सक्ने अनुमान गरिएको छ ।

यो गाडीको पहिलो भेरियन्टले ३२६ एचपी पावर र ६३० एनएम पीक टर्क जेनेरेट गर्ने कम्पनीले दावी गरेको छ ।  जसको एकल चार्जमा ४१४ किमीसम्म माइलेज दिन्छ । त्यस्तै, दोस्रो भेरियन्टले ५२३ एचपी पावर र ७६५ एनएम पीक टर्क उत्पादन गर्नेछ र यसको एक पटक चार्जमा ६११ किलोमिटरसम्म माइलेज दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *