‘यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज’को विजेता बनिन् उज्वला घिमिरे

यामाहाको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जको विजेता उज्वला घिमिरे बनेकी छन् । उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको शुक्रबार भएको र्‍यालीमा घिमिरे विजेता बनिन् ।

उनी प्रति लिटर ६१।४२ किलोमिटरका साथ विजेता बनेकी हुन्। यस्तै, प्रति लिटर ५८।९६ केमीका साथ सुमन महर्जन दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र सुनिल लम्साल प्रति लिटर ५७।६ केमीका साथ तेस्रो भएका छन् ।

बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट सुरु भएको हो ।

रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । गत जनवरी मा यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा सुनील राजवंशी प्रतिलिटर ७८।८२ किलो मिटर माइलेजका साथ अन्तिम विजेता बनेका थिए ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर(कूल्ड, फ्युल(इन्जेक्टेड १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ ।

नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर, यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ।

“हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन्, हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ,” एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने।

बाइक इन्डिया अवार्डले भर्खरै यामाहा नेपाललाई रेजेडआर १२५ एफआईलाई वर्षको उत्कृष्ट स्कुटर अवार्ड प्रदान गरेको छ। अवार्डसँगै स्कुटरको लोकप्रियता र विश्वसनीयता बजारमा थप चुलिएको छ । यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न ग्राहकहरू स्वयम्‌लाई संलग्न गरी यस किसिमका र्‍याली निरन्तरता दिने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *