नेपालबाट शून्य भन्सारदरमा कृषि वस्तु निर्यात गर्न सकिने सुविधा दुरुपयोग

वैधरअवैध माध्यमबाट भारत निर्यात गर्नैका लागि सुपारी, केराउ, मरीच र छोकडा अत्यधिक मात्रामा तेस्रो मुलुकबाट नेपालमा भित्र्याउने गरिएको छ । नेपालबाट शून्य भन्सारदरमा कृषि वस्तु भारत निर्यात गर्न सकिने सुविधा दुरुपयोग गर्दै यी वस्तुको ओसारपसार गर्दा अन्तर्राष्ट्रिय व्यापार अनुशासनको प्रश्न उठ्ने गरे पनि सरकारले गम्भीरतापूर्वक लिएको पाइँदैन । सुपारी इन्डोनेसिया र थाइल्यान्ड, केराउ क्यानडा, रुस र अमेरिका,…

Read More

धानको समर्थन मूल्य किसानले घर-घरमै पाउँदै

गौरीगञ्ज-१ महाभाराका किसान इन्द्रनारायण राजवंशी विगतमा काँटामा धान बेच्थे । उनले कहिल्यै सरकारले तोकेको समर्थन मूल्य पाएका थिएनन् । तर, गत वर्षदेखि सरकारले तोकेको धानको मूल्य पाउन थालेका छन् । उनले घरैबाट धान बिक्री गर्न थालेका छन् । ‘पहिला त लागत पनि उठ्दैन थियो । अहिले सहकारीले घरमै गएर खरिद गर्छ,’ उनले भने, ‘राम्रो मूल्य पाएका छौँ…

Read More

कृषि उद्योगले रोजगारी बढ्दै

झापा । पछिल्लाे समय नेपालमा कृषि पेसा आधुनिक तवरले गर्न थालिएको छ । यो पेसा अहिले दर्ता गरेर उद्योगको रूपमा अघि बढिरहेको छ । विगतमा देशमा रोजगारी नभएर विदेशिएका युवा स्वदेश फर्केर कृषि पेसा अँगालिरहेका छन् । कृषि पेसालाई व्यवसायिक रूपमा अघि बढ्न थालेपछि कृषक र त्यहाँ कार्यरत मजदुर खुसी छन् । झापाको ग्रामीण क्षेत्रमा समेत कृषि…

Read More

सगरमाथा पोल्ट्रीफिडले टाँट पल्टायोः पीडित किसान

लामो समयदेखि कुखुराको दाना उत्पादन गर्दै आएको सगरमाथा पोल्ट्रीफिड प्रोडकक्स् प्रालिले विभिन्न किसानलाई टाँट पल्टाएको रहस्य खुलेको छ । काठमाडौंको टोखा नगरपालिका ६ स्थित टोखा रोडमा रहेका दाना उद्योगले उत्तरी क्षेत्रका विभिन्न कुखुरा फार्मलाई दाना बिक्रि गर्दै आएको छ । दाना दिने बहानामा सगरमाथाले आफ्नो सम्पति नै सखाप पारेको भन्दै अहिले किसानहरुको रुवाबासी भएको छ…

Read More

धान दिएर तरकारी साट्ने गाउँको कथा

बर्दिबास-३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् । भट्टराई केही वर्ष पहिलामात्र तरकारीको लागि धान साटने गर्थे । महँगोमा धान साटनु पर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गर्थ्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ । `एक किलो…

Read More

तिला र सिंजामा स्याउ सुपरजोन कार्यक्रम लागु

प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागु भएको पाँच बर्षपछि जुम्लाको सिंजा क्षेत्रमा स्याउ सुपरजोन कार्यक्रम लागु हुने भएको छ । प्रधानमन्त्री कृषि आयोजना परियोजना इकाई जुम्लाले सिंजा क्षेत्रलाई सुपरजोनका रुपमा चयन गरेको जनाएको हो । परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार यसअघि चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा यो कार्यक्रम संचालन भइसकेको…

Read More

विपन्न महिलाको आयआर्जन वृद्धि गर्न सुँगुरको पाठा र बोका वितरण

उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न महिलाहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले उन्नत जातको बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । त्रियुगा नगरपालिका वडा नम्बर-१ जोगिदहले आदिवासी जनजाति महिला लक्षित कार्यक्रमअन्तर्गत उन्नत जातको सुँगुर, बीउ बोका र कुखुरा वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका विपन्न महिलालाई आयआर्जनमा टेवा पुर्‍याउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले सुँगुरको पाठा…

Read More

सुन्तला बिक्रीबाट एउटै गाउँमा भित्रियो साढे दुई करोड

 बागलुङको बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले यस वर्ष आफ्नो बगैँचाका सुन्तला टिपेर पोखरा पुर्याए । सुन्तला टिपेर पोखरा पुर्याएका खड्काको हातमा यस वर्ष रु चार लाख ५० हजार हात पर्यो । सुन्तला टिप्ने ज्याला र यातयात खर्च घटाउँदा उनले रु चार लाख बचत गर्नु सफल भए । सुन्तला गाउँका रूपमा परिचित सिगानामा सबैभन्दा ठूलो सुन्तला…

Read More

लोप हुँदै रैथाने अन्नबाली, बढी उत्पादन हुने अन्नबाली र तरकारी खेतीमा आकर्षण

पछिल्लो समय रैथाने अन्नबाली उत्पादनमा किसानको जागर देखिन छाडेको छ । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका हुन्। बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु…

Read More

यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानकाे आकर्षण

उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार…

Read More

मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो 

मुगुमा हिजाेआज किसानलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले यसवेला किसानले स्याउका बोट काँटछाँट गर्ने गरेका छन् । हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान स्याउको बोट बिरुवाको…

Read More

अर्घाखाँचीको एउटै गाउँमा फल्यो सात करोड बढीको सुन्तला

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिकाको पणेना, खिदिम, पोखराथोक र पटौटीमा गरी यो वर्ष सात करोडभन्दा बढीको सुन्तला उत्पादन भएको हो । पाणिनी गाउँपालिका-१ सिम्लेमा करिब ७० घरले व्यावसायिक सुन्तला खेती गरेका छन् । जसमध्ये हरेक घरले यो वर्ष सुन्तला बेचेरै कम्तीमा १० लाखका दरले आम्दानी गर्ने…

Read More

बंगुरपालनले फेरिएको आँखेवा युवाको दैनिकी

सामाजिक काम र फुर्सदमा साथीभाई सँग गफगाफमै समय बिताउँथे तेह्रथुम छथर गाउँपालिका–५ शुक्रबारेका अनिल आँखेवा । राजनीतिमा सक्रिय रहेका उनी संगठन विस्तार तथा कार्यकर्तासँग छलफलमा नै अधिकांश समय खर्चिन्थे । विभिन्न संघसंस्थाहरूमा नेतृत्व गर्दै आएका अनिल आम्दानीभन्दा पनि खर्च हुने कार्यमा नै लाग्दै आएका थिए । तर, अहिले उनको दैनिकी फेरिएको छ । बिहानीको उजेलीसँगै…

Read More

निजी जग्गामा लगाइएको रुखलाई नगदेबाली सहर बिक्री गर्न पाउनुपर्ने माग

किसानले आफ्नो खेतमा धान फलाएर बेच्दा कृषि ज्ञान केन्द्रलाई सोध्नु नपर्ने, आफ्नो जमिनमा रुख लगाएर बेच्दा डिभिजन वन कार्यालयलाई किन सोध्नुपर्ने ?’ यो प्रश्न पारिवारिक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीको हो । पारिवारिक निजी वन संघ नेपाल जिल्ला शाखा इलामले सदरमुकाममा आयोजना गरेको ‘पारिवारिक निजी वनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा  गिरीले संविधानप्रदत्त…

Read More

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुुटी संरक्षणमा लागेका छन् । उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका विरुवा रोपेका छन् । सतुवाखेतीमा लागेसँगै मर्स्याङ्दी  गाउँपालिकाका–१० जना युवाहरू आपसमा मिलेर एक वर्षअगाडि लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरेका छन् ।…

Read More

वीपी राजमार्गमा पहेलपुर जुनार [फोटो फिचर]

तेजन खड्का सिन्धुलीको खुर्कोट जुनार खेतीका लागि प्रख्यात ठाउँ हो। काठमाडौँ–धुलिखेल–सिन्धुली–बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ। खनियाँखर्कमा केहीबेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ। यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ। सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर,…

Read More

मनाङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि हुने

मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको सात सय ३५ रोपनीमा स्याउ फलेको छ । एग्रो मनाङ प्रा.लि.का अध्यक्ष समराज गुरुङले अहिले ‘गोल्डेन’ र ‘फुजी’ जातको स्याउ टिप्न थालिएको जानकारी दिए । ‘गाला’, ‘गोल्डेन’, ‘फुजी’ जातका स्याउ लगाइएको याे फार्ममा अघिल्लो वर्ष…

Read More

कृषि कानुनमा पछि हट्यो मोदी सरकार, फिर्ता लिने घोषणा

भारतमा कृषिसम्बन्धी तीन वटा कानुनका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार पछि हटेको छ। एक वर्षभन्दा बढी समय किसानले ती कानुनको विरोधमा आन्दोलन गरेपछि मोदी सरकार तीन कानुन फिर्ता लिन बाध्य भएको हो। बिबिसी हिन्दीका अनुसार बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले साना तथा मझौला किसानको फाइदाका लागि कानुन ल्याइएको भए पनि त्यसको महत्व बुझाउन…

Read More

गहुँको बिउ भारतमा निर्यात भएपछि प्रशोधनमा भ्याइनभ्याइ

झापा । नेपाल कृषि प्रधान देश हो । तर, नेपालमा राम्रो बिउको अभाव हुँदा फलफूल, तरकारी, अनन्नबालीलगायतको बिउ भारतबाट आयत हुन्छ । तर, गहुँको बिउ भने भारत निर्यात हुने गरेको छ । अहिले गहुँ लगाउने सिजन हो । भारतबाट गहुँको बिउको अत्याधिक माग भएपछि बिउ प्रशोधन केन्द्रलाई बिउ प्रशोधन गर्न भ्याइनभ्याइ छ । कृषि ज्ञानकेन्द्र…

Read More

रासायनिक मलको प्रयोग घटाउन प्रांगारिक मल

रासायनिक मल प्रयोगले मानवीय स्वास्थ्य र प्रकृतिमा पर्ने असर घटाउन झापाको एक कृषि सहकारीले प्रांगरिक मल बनाउँदै आएको छ । कमल-२ स्थित आईपीएम कृषि सहकारी संस्थाले आफैँ प्रांगरिक मल उत्पादन गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएको छ । किसानलाई मात्र सदस्य बनाएको आईपीएममा ४०० कृषक सेयर सदस्य छन् । ती कृषकलाई बर्सेनि प्रांगरिक मल बनाएर…

Read More