बैतडीमा किसानलाई गहुँ भित्र्याउने चटारो 

बैतडीसहित विभिन्न ठाउँका किसानहरुलाई गहुँबाली भित्र्याउने चटारो चलेको छ ।  यतिबेला किसानहरू आ-आफ्नो खेतबारीमा गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अरु वर्षको तुलनामा यसवर्ष गहुँबाली सप्रिएको किसानले बताएका छन् । यसपालि समयमा वर्षा हुँदा र असिनाले क्षति नगरेकाले गहुँबाली फस्टाएको सुर्नया-४ का किसान हरिना महराले बताइन् । खेतमा लगाएको गहुँबाली सप्रिएपछि बजारबाट किन्नु नपर्ने अवस्था…

Read More

डोल्पामा नयाँ जातका स्याउ परीक्षण

स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउँ पाइन्छ । यही मध्य डाेल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातकाे स्याउ परीक्षण सुरु गरिएकाे हाे । ठूलीभेरी नगरपालिका–७  बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण सुरु…

Read More

आजदेखि कृषि गणना

केन्द्रीय तथ्यांक विभागले आज मंगलबारदेखि देशभर कृषि गणना सुरु गर्दैछ । सातौँ कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । ३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएकाे केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी…

Read More

किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यसपटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए । वैशाख पहिलो साताबाट खरबुजा टिप्न योग्य हुन्छ । गत वर्ष यही समयमा कोरोना महामारी फैलिएपछि लकडाउन हुँदा उत्पादिन खरबुजा बजारसम्म पुर्‍याउन सकेका…

Read More

कागतीको मूल्य दुई गुणासम्म बढ्यो

बजारमा कागतीको मूल्य बढ्दै गइरहेको छ। भारतमा कागतीको मूल्य बढेपछि त्यसको असर परेको व्यवसायीहरूले जनाएको छ। तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ। बुधबारको थोक मूल्य सूचीअनुसार कालिमाटीमा कागती प्रतिकिलो तीन सय ७५ रूपैयाँसम्म बिक्री भएको देखिन्छ। गत वर्ष यो अवधिमा कागतिको थोक मूल्य प्रतिकिलो दुई सय ४० देखि दुई सय ५०…

Read More

जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ । जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार  यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी समस्या भएकामा हुने गरेकाे छ । चिकित्सकहरूका अनुसार अतिसकाे जरा वाथराेग, छारेराेग, भाेक नलाग्ने समस्या नियन्त्रणमा पनि राहत मिल्ने गरेकाे प्रमुख बस्नेतले…

Read More

कोरोना महामारीले डिलुलाई विदेश जान त राेक्याे तर तरकारी व्यवसायी बनायो

दैलेखका डिलु गुरुङ वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा जाने तयारीमा थिए । गाउँमा बसेर केही गर्न सकिँदैन पैसा कमाउन त विदेशै जानुपर्छ भन्ने उनी सोच्थे । विदेश हिड्नै आटेको बेला सुरु भयो कोरोना महामारी । अनि उनी गाउँमै रोकिए । विदेश जाने सबै तारतम्य मिलाएका उनलाई कोरोनाले रोकेपछि केही समय के गर्ने भनेर गाउँमा भौतारिए…

Read More

मर्स्याङ्दीका चारसय ४३ जनाले पाए रोजगार

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका ४ सय ४३ जना युवाले राेजगार पाएका छन् । गाउँपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवाले रोजगार पाएका हुन् । आर्थिक बर्ष ०७८/७९ को साउदेखि फागुन मसान्तसम्म सो संख्याका युवाले रोजगार पाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सूचिकृत बेरोजगार संख्या २ हजार ३०० जना रहेका छन् । पुरुष १ हजार ३ सय ६३…

Read More

सिँचाइ आयोजना सुरु भएको ३६ वर्षपछि कामको सुरुवात

जाजरकोटको पूर्वी क्षेत्रमा रहेका दुई ठूला आयोजना निर्माण कार्य सुरु भएको ३६ वर्षपछि कामको सुरुवात भएको छ । बारेकोट गाउँपालिका-४ र ५ मा रहेको नायकबाडा सिँचाइ योजनाको २०४२ सालमा कामको सुरुवात भएको थियो । अर्को भेरी नगरपालिकाको भुरचौरमा रहेको भुरचौर सिँचाइ आयोजनाको निर्माणको लागि समितिले अध्ययन गरिरहेको छ । भुरचौरको सिँचाइ योजना २०४३ सालमा सुरु…

Read More

किसानलाई माछाका भुरा प्रदान

मर्स्याङदी  गाउँपालिकाका माछापालन गर्ने किसानले माछाको भुरा सहयोग गरेको छ । गाउँपालिका पशु सेवा शाखाले माछापालन गर्ने ९ जना किसानलाई माछाको भुरा प्रदान गरेको हो । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले किसानलाई माछाको भुरा हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको आर्थिक वर्ष ०७८/०७९ पशुसेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रमको मत्स्य मिसन कार्यक्रम अन्तर्गत माछाको भुरा प्रदान गरिएको हो…

Read More

झापामा बंगुर पालक किसान बढ्दै

विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् ।  संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी…

Read More

ताप्लेजुङमा आलु उत्पादनमा ह्रास

ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूमा आलु रोपाइँको चटारो छ । हिमाली बस्तीका किसानहरू हिमपात राेकिएसँगै आलु रोपाइँमा लागेका हुन् ।समद्र सतहदेखि तीन हजार मिटरदेखि चार हाजर २०० मिटरसम्मका उच्चाइमा पर्ने क्षेत्रका किसानहरु अहिले  आलु रोपाइँको चटारो रहेकाे फक्ताङलुङ गाउँपालिका—६ घुन्साका किसान केल्साङ शेर्पाले बताए । उच्च हिमाली क्षेत्र भएकाले आलुबाहेक अन्य बाली हुँदैन ।  याङमा, फले, क्याप्ला लगायत क्षेत्रमा…

Read More

नेपालका चिया उद्यमीलाई चिनियाँ कलेजको तालिम 

नेपालमा चिया खेती र चिया उद्योग विकासको लागि चीनको कलेजले नेपाली चिया उद्योगीलाई तालिम दिएको छ । चीनको सिन्जाओ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले अनलाइनमार्फत तालिम गराएको हो । १९ दिनसम्म चलेको तालिममा नेपालका विभिन्न जिल्लाका चिया उद्यमी सहभागी थिए । अनलाइनमार्फत तालिममा सहभागी उद्यमीलाई शनिवार ‘टी मास्टर’ को प्रमाणपत्र प्रदान गरिएको छ । प्रमाणपत्र…

Read More

चितवनमा आठ फार्ममा भेटियो बर्डफ्लु, फार्म आसपासका पक्षी नष्ट गरिँदै

चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका गरी आठ कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । खैरहनी र भरतपुरका चार/चारवटा फार्ममा बर्डफ्लु भेटिएपछि बर्डफ्लु नियन्त्रण समितिले उक्त फार्म र आसपासका पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्ने निर्णय गरेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका-२ स्थित किरणप्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी-१० स्थित राजु बुर्लाकोटीको…

Read More

उग्रतारा शीत भण्डारले दिएको खुसी

आलुको बिउ कुहिने तथा किरा लाग्ने समस्या थियो। उत्पादन गरेको बिउ एक दाना नराखेर बिक्रि गर्थ्याैँ । तर, शीत भण्डारण बनेपछि निकै सहज भएको छ। आलुको उत्पादन पनि बढ्दै गएको छ। भण्डारणको क्षमता अझ बढाउनु पर्दछ,’ यस्तै खुसी साट्दै थिए गन्यापधुराका अगुवा कृषक प्रशाददत्त अवस्थी। अवस्थी त एउटा उदाहरण किसान मात्र हुन्। डडेल्धुराका सातवटै स्थानीय तहका कृषक पछिल्लो समयमा…

Read More

भक्तपुरमा नेपालकै ठूलो तरकारी बजार सञ्चालनमा, एमाले अध्यक्ष ओलीले उदघाटन गर्ने

भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् । मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उदघाटनको तयारी पूरा भएको जनाए । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ । सूर्यविनायक हरित कृषि…

Read More

वडामै नि:शुल्क माटो परीक्षण सुविधा

कपिलवस्तु नगरपालिका-९ ले वडा कार्यालय मै माटो परीक्षण सुविधा दिन सुरू गरेको छ। वडाका किसानलाई सहज हाेस भनेर कार्यालयले यसै सातादेखि माटो परीक्षण सुरु गरेको हाे । वडा कार्यालयलाई मुक्तिनाथ एग्रो प्रा.लिबाट डिजिटल माटो परीक्षण मिनी ल्याब उपलब्ध गराएपछि किसानले आवश्यक परेको बेला माटो परीक्षण गर्न सक्ने भएका छन् । वडा कार्यालयले निःशुल्क रूपमा माटो परीक्षण गर्ने वडा…

Read More

भूमिहीन, विपन्न किसानलाई मसानघाटको आश्रय

महोत्तरी गौशाला नगरपालिका–८ को सोनी खोल्सीमा केही वर्षअघि मात्र स्थानीयहरू आवतजावत गर्न निकै डराउँथे । वडा नम्बर ८ स्थित कुस्मारी टोल र झोर्लेनी टोलका बासिन्दाहरूको दाहसंस्कार गर्ने ठाउँ सोनी खोला थियो । जस कारण सो बाटो भएर स्थानीयहरू आवतजावत गर्न डराउँथे । बालुवा नै बालुवाको बगर रहेको मसानघाट अहिले बगैँँचा बनेको छ । स्थानीयले कल्पनै…

Read More

भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउन किसानलाई सीप प्रदान

तातोपानी गाउँपालिका- ७ सर्मी किसानलाई मेसिनबाट राडीपाखी बुन्ने सीप प्रदान गरिएको छ । त्यहाँका स्थानीयको आम्दानीको स्रोत भेडापालन भएकाले उनीहरूलाई भेडाकाे ऊनबाट आत्मनिर्भर बनाउनका लागि सिप प्रदान गरिएको हो । भेडाको ऊनबाट राडीपाखी, स्वीटर, पाखेकोट, मफ्लर, लिउ लगायतका सामाग्री बनाउने सिप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।…

Read More

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कामप्रति कृषिमन्त्री असन्तुष्ट

कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सोचे जस्तो कार्य नगरेको बताएका छन् । नेपाल हर्टिकल्चर सोसाइटीले बुधबारदेखि सुरु भएको १३औं बागवानी गोष्ठीमा उनले प्रधानमन्त्रीको नामबाट सञ्चालनमा आएको प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले किसानका लागि के कति काम गरेको छ भन्ने विषय समीक्षा हुनुपर्ने बताए । ‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ,…

Read More