यस्तो छ साना किसानको तीन महिनासम्मकाे वित्तीय अवस्था

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिना अर्थात् चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ करोड ५४ लाख सात हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १४ करोड ३० हजार…

Read More

कृषकको गुनासो : अनुदान रकम पहुँचवालाले कुम्ल्याउने, बैंकले ऋण दिन नमान्ने

सुर्खेतको भेरीगंगा नगरपालिका–६ का मानसिंह रानामगर नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक पदबाट २०६८ सालमा सेवानिवृत्त भए । २७ वर्ष नेपाल प्रहरीमा रहेर काम गरेका उनले अहिले रिटायर्ड जीवनमा गाउँमा नै कृषि फार्म चलाएका छन् । उनले चार बिगाहा जमिनमा कृषि फार्म चलाएका छन् । कृषि पेसा अंगालेका रानामगरको कृषि फार्ममा भैसी, गाई, लोकल कुखुरा, परेवा,…

Read More

लमजुङमा तितेपातीबाट व्यवसायिक तेल उत्पादन

लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ८ घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । साविकको भोजे गाविसको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो । यसको परीक्षण उत्पादन दुई वर्ष अघि नै सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए…

Read More

किसानलाई फुल माला बेच्ने चटारो

घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फुल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फुल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फुलमाला पु¥याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फुलका थुंगा विक्री गरिरहेको देखिन्छ । भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखी सयपत्री…

Read More

भूमाफियाबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान

काठमाडौँ महानगरपालिका– ११ मा जनप्रतिनिधि र समुदायको संयुक्त प्रयासमा भूमाफियाको चङ्गुलबाट फिर्ता गरिएको जग्गामा आकर्षक उद्यान निर्माण सुरु गरिएको छ । बुद्धनगरस्थित संयुक्त राष्ट्रसङ्घ उद्यानको दुई रोपनी तीन आना जग्गामा बाटिका निर्माण सुरु गरिएको हो । वाग्मती प्रदेश पूर्वाधार विकास साझेदारी योजनाअन्तर्गत रु २० लाख बजेटमा आकर्षक वाटिका निर्माण भइरहेको छ । वाग्मती प्रदेशसभा सदस्य…

Read More

वर्षाले अन्नबालीमा पुर्याएको क्षति विवरण दिन आग्रह

खोटाङको रावाबेँसी गाउँपालिकाले हालैको बेमौसमी वर्षाले अन्नबालीमा पुर्याएको  क्षति विवरण दिन आग्रह गरेको छ । १५ कात्तिकभित्र आ–आफ्नो समूह वा व्यक्तिगत रुपमा पुगेको क्षतिको विवरण सम्बन्धित वडा कार्यालयमा उपलव्ध गराउन आग्रह गरेको हो । गत ३१ असोजयता परेको वर्षाका कारण धान, कोदो, फापर, तरकारी, फलफुललगायत कृषि बालीमा क्षति पुगेपछि गाउँपालिकाले विवरण संकलन थालेको हो ।…

Read More

अकासे पानी जोहोले तेह्रथुमका किसानको फेरिएको दैनिकी

तेह्रथुमका किसानहरूले वर्षाको पानी जोहो गरेका छन् । स्थानीय सरकारको पहलमा सञ्चालन भएका खानेपानी आयोजनाले मानिसले पिउने पानीको केही हदसम्म अभाव पूरा गरे पनि गाईबस्तु र सिँचाइका लागि भने पानी जोहो गरेका हुन् । वर्षायाममा परेको पानी प्लाष्टिकको पोखरीमा बनाएर जोहो गरेको पानीलाई हिउँदमा सिँचाइमा प्रयोग गरिने किसानहरूले बताएका छन् । खानेपानीकै समस्या भएका गाउँमा…

Read More

चीनबाट रासायनिक मल आउन सुरु

कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु गरेको छ । तातोपानी नाका हुँदै आजसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी राजधानी भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिए । हिउँदेबालीका लागि कम्पनीले सिल्क ट्रान्सपोर्ट प्रालिमार्फत ३५ हजार मेट्रिक टन युरिया र पाँच हजार…

Read More

आलु उत्पादनमा सुधार आएसँगै कृषक फुरुङ्ग

आलुको भण्डारणको उपनामले परिचित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ याङमा र ६ वडा नम्बर घुन्सा क्षेत्रमा यस सिजनमा आलु उत्पादनमा वृद्धि भएको छ । गत वर्ष उत्पादनमा कमि आए पछि निराशा भएको कृषक यस सिजनमा आलुको उत्पादनमा सुधार आएसंगै कृषको आशा पलाएको छ । फक्ताङलुङ गाउँपालिका—६ का स्थानीय  पेमा शेर्पाले आठ मुरी (एक मुरीमा २० पाथी हुन्छ)…

Read More

कैलालीका किसानलाई खेतमै दसैं

घरघरमा जमारा राखिएका छन् । कतै चर्खे पिङ त कतै दसैं मनाउँन गाउँ फर्किएकाहरू आफन्तसँग भेटघाटमा रमाइरहेका छन् । कोही दसैं मनाउँन घर पुग्दै छन्, नजिक हुनेहरू काेही घर जाने तरखरमा छन् । यतिवेला हिन्दुहरूलाई महान चाड दसैंकाे उल्लासले छाेइसकेकाे छ । शहरीयाहरू गाउँ केन्द्रित हुँदा गाउँकाे वातावरण दसैंमय बनेकाे छ । कैलालीका किसानलाई भने…

Read More

खसीबोकाको मूल्य प्रतिकिलो ६४० रुपैयाँ

दशैँका लागि किनबेच हुने खसीबोकाको मूल्य तय भएको छ । दशैँ तिहारजस्ता चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँका लागि खसीबोकाको मूल्य एक किलोको ६४० रुपैयाँ तोकेको छ । कम्पनीले काठमाडौँको थापाथलीमा रहेको आफ्नै कार्यालय परिसरमा प्रतिकिलो ६५० रुपैयाँ मूल्यमा बिक्री गर्ने तय गरेको खसी,…

Read More