वैधरअवैध माध्यमबाट भारत निर्यात गर्नैका लागि सुपारी, केराउ, मरीच र छोकडा अत्यधिक मात्रामा तेस्रो मुलुकबाट नेपालमा भित्र्याउने गरिएको छ । नेपालबाट शून्य भन्सारदरमा कृषि वस्तु भारत निर्यात गर्न सकिने सुविधा दुरुपयोग गर्दै यी वस्तुको ओसारपसार गर्दा अन्तर्राष्ट्रिय व्यापार अनुशासनको प्रश्न उठ्ने गरे पनि सरकारले गम्भीरतापूर्वक लिएको पाइँदैन ।
सुपारी इन्डोनेसिया र थाइल्यान्ड, केराउ क्यानडा, रुस र अमेरिका, छोकडा पाकिस्तान र दुबई तथा मरीच भियतनामबाट भित्र्याउने पाएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७३र७४ मा ४ अर्ब ५२ करोड रुपैयाँ बराबरका यी वस्तु आयात गरिएको थियो । २०७४र७५ मा दोब्बर अर्थात् १० अर्ब १७ करोडको आयात भयो । आर्थिक वर्ष २०७५र७६ मा १२ अर्ब ४२ करोड र २०७६र७७ मा १५ अर्ब ५६ करोडको आयात गरिएको छ । ‘नेपालमा यति धेरै खपत हुने ठाउँ देखिँदैन,’ भन्सार विभागका एक अधिकारीले भने ।
इन्डोनेसियालगायतका उत्पादक मुलुकले भारतमा सोझै निर्यात गरे भन्सार महसुल लाग्छ । नेपालबाट भने खुला सिमानामार्फत तस्करीसमेत गरेर व्यापारीले फाइदा लिन्छन् । जानकारका अनुसार यी वस्तुको वैधानिक निर्यातभन्दा पनि तस्करी मौलाउँदो छ । ‘नेपाली व्यवसायीले नेपालको भन्दा पनि भारतको आवश्यकतालाई दृष्टिगत गरी सुपारी, केराउ, मरीच र छोकडा आयात गर्छन् । उता पठाएर मनग्य फाइदा कमाउँछन्,’ भन्सारका ती अधिकारीले भने । उनका अनुसार भारतले बेलाबेलामा अन्तर्राष्ट्रिय व्यापार अनुशासनको प्रश्न उठाउने गरेको छ । वाणिज्यविज्ञ तथा अर्थशास्त्री पोषराज पाण्डे कर छुट सुविधा दुरुपयोग गर्दै भारत निर्यातकै लागि सुपारी र केराउ आयात गर्न दिँदा नेपाल–भारत व्यापारमा विकृति बढ्ने बताउँछन् । ‘भारतले नेपाललाई विश्वास गर्न नसक्ने वातावरण पनि बन्न सक्छ,’ उनले भने ।
भन्सारका अधिकारीका अनुसार आयातकर्ताले सुपारी, केराउ, मरीच, छोकडा आयात गरेपछि अर्को ‘डमी कागजी फर्म’ मा बेचेको देखाउने गरेका छन् । ‘
सरकारले भने व्यापारीको प्रभावमा परेर बारम्बार यी सामग्रीको आयात खुलाउने र बन्द गर्ने निर्णय भइरहेको छ । आलोचना सामना गर्न नसकिने आकलनमा उक्त निर्णय सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले नै नेतृत्व गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत यस्तो विवादास्पद निर्णय गरिरहेको हो । विमति राख्ने उद्योग मन्त्रालयका तत्कालीन सचिव दिनेश भट्टराई र अन्य सहसचिवको सरुवा भैसकेको छ ।




