लामो समयदेखि कुखुराको दाना उत्पादन गर्दै आएको सगरमाथा पोल्ट्रीफिड प्रोडकक्स् प्रालिले विभिन्न किसानलाई टाँट पल्टाएको रहस्य खुलेको छ ।
काठमाडौंको टोखा नगरपालिका ६ स्थित टोखा रोडमा रहेका दाना उद्योगले उत्तरी क्षेत्रका विभिन्न कुखुरा फार्मलाई दाना बिक्रि गर्दै आएको छ ।
दाना दिने बहानामा सगरमाथाले आफ्नो सम्पति नै सखाप पारेको भन्दै अहिले किसानहरुको रुवाबासी भएको छ ।
विभिन्न समयमा उधारोमा लिएका दानाको मुल्यमा ब्याजमाथि ब्याज लगाएर किसानहरुको फार्मनै बन्द गर्नु पर्ने अवस्था श्रृजना भएको सोही उद्योग संचालकका एक निकट आफन्तले नै बताएका छन् ।
उद्योग संचालक बद्री थापा र उनका भाइ केदार थापाले किसानलाई सत्ता र शक्तिको डरत्रास देखाउँदै पीडित बनाएको ती आफन्तले बताए ।
थापाले उधारो दिएका कैयन किसानको जग्गा नै हडपेको पनि उनले बताए ।
थापाकै कारण आफुहरुलाई मर्नु न बाच्नु भएको थापाको उद्योगबाट दाना लिदै आएका काभ्रेस्थलीका एक किसानले बताएका छन् ।
“कुखुराको लागि केही दाना मैले उधारो लिएकै हो, तर संचालक थापाले पछि आएर दानाको मुल्य मात्र हैन ब्याज त्यसमा पनि मिटर ब्याजको हिसाब गरे, उनकै कारण अहिले म सडकमा आउने अवस्था छ”, ती किसानले भने ।
नाम उल्लेख नगर्ने सर्तमा ती किसानले भने, स्थानीय टोले गुण्डादेखि प्रहरी प्रशासनसम्मको दुरुपयोग गरी मलाई धम्काउने काम भयो, म मात्र हैन पछि बुझेँ मजस्ता अरुलाई पनि थापाले त्यस्तै गरेका रहेछन् ।
थापा दाजुभाइलाई मैले पटक पटक दाना लिएको हो, मिटर ब्याजमा हिसाब नगर्नु भने, मानेनन् । आखिर मिटर ब्याजमै हिसाब गरे, ती किसानले दुखेसो पोखेका छन् ।
सगरमाथा पोल्ट्रीफिड बिरुद्ध अहिले खाध्य गुण तथा नियन्त्रण विभागले मुद्धा दायर गरेको छ । गुणस्तरहीन दाना उत्पादन गर्दै बजारमा बिक्रि गरेको खुलेपछि विभागले कारवाही थालेको हो ।
सगरमाथा पोल्ट्रीफिडबाट उत्पादन गरेको दाना खुवाएर कैयन किसानका हजारौ कुखुरा पटक पटक मर्ने गरेका थिए ।
सगरमाथा पोल्ट्रीफिड बिरुद्ध मुद्धा चलेको थाहापाएपछि अहिले थापा दाजुभाइबाट पीडित बनेका किसानहरु एक जुट हुन थालेका छन् ।
थापाबाट पीडित भएका अर्का किसानले भने ‘थापा दाजुभाइले हामीमाथि कत्रो अत्याचार गरेका छन्, त्यो हामी अहिले भन्न पनि सक्दैनौ तर हामी चुप बस्ने छैनौ हामी सामुहिक रुपमा अघि बढ्नेछौं’।