काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ८४ जना नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले दुई छुट्टाछुट्टै निर्णयका आधारमा ८४ सुब्बाहरूको सरुवा गरेको हो ।
कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूमा सरुवा गरिएको छ ।
पहिलो सूचीमा ४५ जना र दोस्रो सूचीमा ३९ जना कर्मचारी रहेका छन्। सरुवा हुने कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय तथा स्थानीय तहमा खटाइएको छ। विभिन्न जिल्लामा कार्यरत नायब सुब्बालाई आवश्यकता र प्रशासनिक कार्यको चापअनुसार नयाँ जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
कार्यालयमा रहेको कर्मचारी अभाव पूर्ति गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त बनाउने उद्देश्यले सरुवा गरिएको बताइएको छ।
सरुवा भएका सबै कर्मचारीलाई तोकिएको कार्यालयमा तत्काल हाजिर भएर जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ।
यस्तो छ सरुवा सूची :




