नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।




