शेयर बजारमा ९ अंकको वृद्धि, २ अर्ब ९० करोडकाे कारोबार

काठमाडौं । लगातार ओरालो लागिरहेको शेयर बजार आज भने बढेर बन्द भएको छ । नेप्से परिसूचक आज ९.२४ अंकले बढेर २ हजार २५२२.६६ विन्दुमा पुगेको छ ।

आज ३४१ कम्पनीको ७६ लाख १३ हजार ६८१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९० करोड माथिको शेयर कारोबार भएको छ । आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८४ कम्पनीको शेयर मूल्य घटेको छ । यो दिन १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको १० करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.१५ प्रतिशतका दरले कमाएका हुन् । एमबिएल इक्विटी फन्डका इकाईधनीले ५.८८ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४.८५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *