ग्लोबल आईएमइ बैंकका योगेश पोखरेलविरुद्ध अख्तियारमा उजुरी, सीइओ र अध्यक्ष ढकालसमेत मुछिए

काठमाडौं। ग्लोबल आईएमई बैंक लिमिटेडका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलविरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

बैंकका पब्लिक रिलेसन अफिसर समेत रहेका योगेश पोखरेलले ग्लोबल आईएमइ बैंककै कर्मचारी श्रीमती प्रभा पन्थीको नाममा कम्पनी खडा गरी प्राप्त अख्तियारको दुरुपयोग गर्दै आर्थिक अपचलन गरेको भन्दै बैंकका एक शेयरधनीले अख्तियारमा उजुरी दर्ता गरेका हुन्। बैंक तथा वित्तीय सँस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकलाई छानविन गरी कारबाही गर्न माग गरिएको लामो समय हुँदा समेत राष्ट्र बैंकले कुनै पनि प्रक्रिया अघि नबढाएपछि अख्तियार पुगेको उजुरकार्ताको दावी छ।

अख्तियारमा दर्ता गरिएको उजुरीमा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल, सीइओ सुरेन्द्रराज रेग्मी डेपुटी सीइओ सुमन पोखरेलसमेतको मिलेमतोमा पोखरेलले श्रीमतीका नाममा ‘थर्ड पोल मिडिया ग्रुप’खोली नियमित रुपमा उक्त कम्पनीको खातामा मासिक दुई लाख रुपैयाँ जम्मा गर्दै आएको उल्लेख गरिएको छ। उजुरीमा बैंकको प्रमोसन तथा पब्लिक रिलेसनको बजेट सोही कम्पनीमा नियमित रूपमा भुक्तानी हुँदै आएको उल्लेख छ। उक्त प्रकरणमा बैंकका उच्च व्यवस्थापनको समेत संलग्नता रहेको दाबी गरिएको छ।

उजुरीमा भनिएको छ,-‘ ग्लोबल आईएमई बैंक लिमिटेडका बजार प्रबन्धक प्रमुख तथा पब्लिक रिलेशन अफिसर योगेश पोखरेलले श्रीमती प्रभा पन्थीका नाममा ‘थर्ड पोल मिडिया ग्रुप’कम्पनी खडा गरी बिजनेस प्रमोसनको रकमबाट मासिक २ लाख रुपैयाँ निरन्तर रुपमा बैंकबाट लिँदै आएका छन् । त्यसमाथि योगेश पोखरेलकी श्रीमती आँफै ग्लोबल आईएमइ बैंक लिमिटेड कै कर्मचारी हुन्। उनी बैंकको मनमैजु शाखामा कार्यरत छिन् । पोखरेलको यो काममा बैंकका सीइओ, डेपुटी सिइओले सघाउँदै आएका छन्।’ सार्वजनिक संस्थाको जिम्मेवार पदमा रही अख्तियारको दुरुपयोग गरी जनताको पैसा अपचलन गर्ने पोखरेल, उनकी श्रीमती र उनलाई सघाउने कर्मचारीहरुमाथि समेत कारबाही गर्न शेयरधनी उजुरकर्ताको माग छ।

अख्तियारमा c-०२७७७२ नम्बरमा दर्ता भएको उजुरीमाथि छानविन प्रक्रिया सुरु भइ अनुसन्धानको क्रममा रहेको अख्तियार स्रोतले जनाएको छ। पोखरेलविरुद्द नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको छ। उक्त उजुरीमाथि अनुसन्धान भइरहेको र सोहिक्रममा पोखरेल, बैंकका सीइओ, डेपुटी सीइओ समेतलाई स्पष्टीकरण सोधिएको राष्ट्र बैंक सुपरिवेक्षण विभागले जानकारी दिएको छ।

बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐनको दफा ८२ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘कर्मचारीले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त सार्वजनिक संस्थाका कर्मचारी र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्र प्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन । परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।’

त्यस्तै,बाफियाको दफा ९९ को (ङ)  मा  यस ऐन विपरीत वा अस्वाभाविक तलव भत्ता तथा अन्य सुविधा कुनै बैंक वा वित्तीय संस्थाले लिएको वा दिइएको भएमा त्यस्तो सम्पूर्ण सेवा सुविधा वा सो बापत लाग्ने रकम तथा प्रचलित कानून बमोजिमको व्याज त्यस्तो सेवा सुविधा दिने व्यक्तिबाट असुल उपर गर्ने व्यवस्था गरिएको छ। साथै सोहि दफाको (च) मा  बैंक तथा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारी व्यावसायिक रुपले सम्बद्ध भएको निकाय समक्ष कारबाहीका लागि लेखी पठाउन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई आदेश दिने व्यवस्था गरिएको छ।

छुटाउनु भयो कि ?

ग्लोबल आईएमइको करोडौँ भ्रष्टाचारमा राष्ट्र बैंकको छानबिन, सिईओसहित तीनजनालाई सोध्यो स्पष्टीकरण

वित्तीय अपराधबाट उम्किन पोखरेलको ‘प्रपन्च’: श्रीमती प्रभाको नाम हटाए, अर्कै व्यक्ति भित्र्याए [फलोअप]

ग्लोबल आईएमई बैंकका कर्मचारीको किर्ते धन्दा: आफ्नै श्रीमतिलाई दिन्छन् मासीक २ लाख

ग्लोबल आईएमई बैंकमा वित्तीय अपराध: कर्मचारीकै ‘मिडिया ग्रुप’,व्यापार प्रवर्द्धनका नाममा ‘ब्रम्हलुट’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *