पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गर्न वीरबहादुर बलायरको चुनौती

काठमाडौँ । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै जाँदा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टी नेतृत्वलाई कडा चुनौती दिएका छन्।

आइतबार महाराजगन्जमा शेरबहादुर देउवा समूहले गरेको भेलामा बोल्दै बलायरले लेटरप्याड दुरुपयोगको आरोपमा निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिएका हुन्।

उनले भने, ‘हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटरप्याड दुरुपयोग काण्डमा २४ घण्टाभित्र कारबाही गरेर देखाऊ । कारबाहीसँग त्यसपछि परिणाम के हुन्छ, त्यो पनि भोग्न तयार हुनु ।’

पार्टीभित्र अहिलेसम्म गरेको सङ्घर्ष र त्याग अनि इतिहासको कुरा गर्दा अहिले सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगन्जको बैठकमा बसेका नेताहरूको योगदान ठुलो रहेको बलायरले बताए । ‘सानेपातिर फर्कँदा केहि छैन, जे छ यही छ,’ बलायरले भने ।

सानेपामा बसेकाहरूलाई थकाउन र गलाउन सक्ने ताकत आफूहरूसँग भएको बताउँदै बलायरले नेताहरूले फराकिलो छाती बनाएर आफूहरूलाई नेतृत्व गर्ने अवसर दिएमा कांग्रेसको इतिहास जोगाउन तयार रहेको बताए ।

उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि जहाँ जहाँ पुगे, त्यहाँ त्यहाँ जमानत जफत भएको आरोप बलायरले लगाए ।

शर्माले आफू निर्वाचन नलडेर अरूलाई फसाएको बलायरको आरोप थियो । गगन थापा आफै निर्वाचनमा पराजित भएपछि बोली बन्द भएको बलायरको भनाइ थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *