काठमाडौं । ग्लोबल आईएमइ बैंकका कर्मचारीले आफ्नै नाममा कम्पनी खडा गरी व्यापार प्रवर्द्धनको लाखौँ रुपैयाँ अवैध रुपमा असुल्दै आएको खुलासा भएपछि संचालकको नाम हेरफेर गरिएको छ।
सार्वजनिक सँस्थामा रहेर वित्तीय अपराध गर्दै आएको तथ्यका आधारमा बैंक तथा नियामक निकायले समेत अनुसन्धान थालेपछि उक्त कम्पनीबाट संचालन हुँदै आएको अनलाईनको ‘whois‘ अर्थात् डोमेनको नाम परिवर्तन गरिएको हो।
ग्लोबल आईएमइ बैंकको मनमैजु साखामा कार्यरत प्रभा पन्थीले ‘थर्ड पोल ग्रुप’ नामक कम्पनी खोली व्यापार प्रबर्दन तथा सामाजिक उत्तरदायित्वको रकम आफ्नै कम्पनीमार्फत् लिँदै आएको बिषय सार्वजनिक भएसँगै उक्त कम्पनीमार्फत् संचालन हुँदै आएको न्युज पोलार डटकमको ‘डोमेन’ बाट पन्थीले आफ्नो नाम हटाएकी हुन्। उनको नामबाट संचालन हुँदै आएको उक्त डोमेनमा हाल नाम पन्थीको परिवर्तन गरी राधा अर्याल मरहठ्ठाको नाम राखिएको छ।
यस सम्बन्धमा पन्थीले भने उक्त कम्पनी आफ्नो नाममा भएको तर, मिडियाको काम सबै श्रीमानले हेर्ने भएकाले आफू त्यतातिर संलग्न नभएको दावी गर्दै आएकी थिइन्।
बैंकका मार्केटिंग विभाग प्रमुख तथा पब्लिक रिलेसनअफिसर योगेश पोखरेलले श्रीमती प्रभा पन्थीको नाममा कम्पनी खोलेर बैंक तथा आईएमइ समुहबाट व्यापार प्रवर्द्धनका लागि छुट्रयाइएको रकम आँफैले लिँदै आएको प्रमाणसहितको समाचार सामग्री अर्थसंजाल डटकमले प्रकाशन गरेको थियो।
पोखरेलले आफू ‘ब्रान्डिंङ हेड’ भएको मौकाको फाईदा उठाउँदै व्यापार प्रबर्द्धनका लागि छुट्याइएको रकम श्रीमतीको कम्पनीमा निरन्तर २ लाख ( भ्याट बाहेक) रुपैयाँ जम्मा गर्दै आएको देखिन्छ। उक्त कम्पनीको विवरण अनुसार पोखरेलले कम्पनी स्थापना गरेदेखि नै पोखरेलले बैंक तथा आईएमइ समुहका अन्य कम्पनीबाट समेत रकम निकाल्दै आएका छन्।
बैंकका कर्मचारीद्वय पोखरेल र पन्थीको उक्त कार्य बैंक तथा वित्तीयसँस्था सम्बन्धी ऐनको दफा ९९, तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) को व्यवस्थाको विरुद्दमा छ।
सार्वजनिक सँस्थाको महत्वपूर्ण पदमा रहेर अख्तियारको दुरुपयोग गरेकाले उनीहरुमाथि कडाभन्दा कारबाही हुने बैंकका प्रवक्ता सुमन पोखरेल र गुनासो अधिकारी अनिल जोसीले बताएको भए पनि यो समाचार तयार हुँदासम्म उनीहरु दुवैजना बैंकमै रहिआएका छन् ।
छुटाउनु भयो कि ?
ग्लोबल आईएमई बैंकमा वित्तीय अपराध: कर्मचारीकै ‘मिडिया ग्रुप’,व्यापार प्रवर्द्धनका नाममा ‘ब्रम्हलुट’
ग्लोबल आईएमई बैंकका कर्मचारीको किर्ते धन्दा: आफ्नै श्रीमतिलाई दिन्छन् मासीक २ लाख






