नाडा अटो शोमा दर्शकको भिड, ‘उड्ने कार’ले तान्यो सबैको ध्यान (तस्वीरहरू)

काठमाडौँ। नाडा अटो शो-२०२५ सुरु आजबाट भएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शोको उद्घाटन गरेका हुन् ।

नाडा अटो शोको पहिलो दिनमै विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण बनेकाे छ । अटो शोको प्रदर्शनमा राखिएको उड्ने कार अवलोकन गर्न आउनेहरूको भीड व्यापाक छ ।

प्रधानमन्त्री ओलीद्वारा चीनको चांगन अटोमोबाइलको सब–ब्रान्ड दिपलले बनाएको अटोनोमस उड्ने कारको उचाइ १.९३ मिटर र चौडाइ ५.७३ मिटर रहेको छ । यसले ६२० केजी भार बोकेर एकपटकको फुल चार्जमा ३० किलोमिटरसम्म उड्न सक्ने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा अब गाडी उत्पादन गर्ने बाटो खुलेको बताए । ‘अब हामीसँग गुणस्तरीय आइरन एन्ड स्टील हुनेछ । हामीलाई गाडी उत्पादनको बाटो खुल्नेछ,’ उनले भने, ‘अब हामीले गाडी उत्पादन गरेर विश्वबजारमा बेच्नुपर्छ।’

कार्यक्रममा एशोसिएसनका अध्यक्ष करण चौधरीले नेपालमा बिक्री हुने गाडीमध्ये ४० प्रतिशत गाडी एक्स्पोको क्रममा बुकिङ हुने गरेको बताए । अध्यक्ष चौधरीले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै अहिले यो क्षेत्रले नेपालमा १० लाख रोजगारी सिर्जना गरेको र ३ हजार व्यवसायीलाई एकीकृत गरेको दाबी गरे । नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *