नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट ६.२९ प्रतिशतमा गाडी कर्जा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ग्राहकवर्गहरुका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकवर्गहरूले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने बैंकले जनाएको छ । हालको लागि गाडी कर्जाको ब्याजदर केबल ६.२९% (२०८२ भाद्र महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरि हुन आउने ६.२९ प्रतिशत कायम गरिएको छ ।

आगामी दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकवर्गहरुलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ ।

सिमित समयका लागि मात्र लागू रहने यस विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका देशभरका शाखाहरुबाट लिन सकिनेछ ।

बैंैंकले हाल २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम एवं ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *