प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

राजीनामाको कारण मिश्रले आयोगमा सुशासनको कमीप्रति असन्तुष्टि जनाएका छन् । स्रोतकाअनुसार उनले आयोगभित्र देखिएको कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र संस्थागत सुशासनप्रतिको बेवास्तालाई गम्भीरतापूर्वक लिएका थिए ।

केही दिनअघि मात्र सर्वोच्च अदालतले संयुक्त निकायमा नियुक्त पदाधिकारीहरूले आफ्नो पूर्ण कार्यकाल पूरा गर्न पाउने निर्णय सुनाएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *