बढी मूल्य असुल्ने र बिल नदिने दुई कम्पनीलाई २ लाख ४० जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको पाइएको भन्दै दुई वटा कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ ।

विभागका अनुसार मार्केट प्लेस प्रा.लि. लाई तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाइएपछि २ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीले २४५ रुपैयाँ एमआरपी भएको ‘सिम्पल आई मास्क’ ३९५ रुपैयाँमा बिक्री गरेको भेटिएको थियो।

त्यसैगरी, लिलिज नेपाल प्रालि लाई उपभोक्तालाई सामान बिक्री गर्दा बिल बिजक जारी नगरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

अनुगमनकै क्रममा ललितपुर महानगरपालिका–४, भनिमण्डलस्थित ‘सोल स्क्वायर प्रालि’ लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, काठमाडौंका अन्य ५ वटा पसल तथा फर्महरूलाई भने विभागले सुधारका लागि ‘सामान्य निर्देशन’ दिएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *