१२ वर्षपछि नेपाल–साउदी श्रम सम्झौतामा हस्ताक्षर, श्रमिकको सेवा–सुविधा र रोजगार ग्यारेन्टी हुने
काठमाडौं। नेपाल र साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदी अरबको रियादमा श्रमिक भर्नासम्बन्धी श्रम सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका थिए। मन्त्री भण्डारीले सम्झौताले नेपाल–साउदी अरबबीच श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने…



