बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ। जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार…

Read More

रसुवामा पर्यटक आवागमनमा उल्लेख्य कमी, पर्यटन व्यवसाय ठप्प

रसुवा । पछिल्ला दिनमा मौसममा देखिएको गडबडीका कारण हिमाली जिल्ला रसुवामा अत्यधिक चिसो बढेसँगै पर्यटक आवागमनमा उल्लेख्य कमी आएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार जिल्लाको उच्च भागमा हिउँ परेको तथा प्राकृतिक रूपमा रहेका गहिरा खोँच, ताल, कुवासहित ओसिलो पदमार्गमा पानी जमी अस्वाभाविक रुपमा चिसो बढेपछि पर्यटक आउनेक्रम कमी भएको…

Read More

सुन्दर घ्याम्पे डाँडाबाट देखिएकाे जुगल हिमालकाे मनाेरम दृश्य

काठमाडाैं। भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ को अवस्थित घ्याम्पे डाँडाबाट देखिएको जुगल हिमाल । यो हिमाल सिन्धुपाल्चोक जिल्लामा पर्छ। (तस्बिरहरु)  

Read More

छ महिनामा एक लाख बढी पर्यटकले गरे चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण

चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका छन् । दक्षिण एसियाली मुलुकका…

Read More

सम्पदा क्षेत्रलाइ स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै काठमाडौं महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर ९क्विक रेस्पोन्स० मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने वा’सँगको सहकार्यमा सामग्री उत्पादन थालेको हो । वसन्तपुर, स्वयम्भू, पशुपतिनाथ, बौद्ध र नरः दे (हाँडीगाउँ)का सम्पदाका सांस्कृतिक ऐतिहासिक र…

Read More

एक वर्षमा भित्रिए ११ लाख ४७ हजार पर्यटक, दैनिक सरदर तीन हजार

काठमाडौं। सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताए । सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको…

Read More

‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा, पर्यटकको औसत बसाइ तीन दिन बनाइने

काठमाडौं। ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरिएको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो…

Read More

दुई सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनोलाई अनुमति

काठमाडौं । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ । विभागका अनुसार,…

Read More

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि

काठमाडौं। पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो संख्या ७.८५ करोड मात्र थियो । आरोहण…

Read More

११ महिनामा भित्रिए साढे १० लाख पर्यटक

काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । सन् २०२४ नोभेम्बरसम्म १० लाख ५५ हजार पर्यटक नेपाल भ्रमणमा आएका पर्यटन बोर्डले जनाएको छ। पर्यटक आगमन संख्याले तेस्रो पटक १० लाख नाघेको हो । २०२४ नोभेम्बरमा १ लाख १४ हजार ५ सय १ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ…

Read More

चिसो बढेपछि सगरमाथा क्षेत्रबाट बाहिरिन थाले विदेशी पर्यटक

सोलुखुम्बु। विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिँदा दुई हजार ४०० पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ…

Read More

मनकामना केबलकार २७औँ वर्षमा प्रवेश

काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भई २७ वर्षमा प्रवेश गरेको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको यस केलबार हाल १२ लाख यात्रुलाई सेवा दिँदै आएको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जनाएको छ । केबलकार…

Read More

अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार विदेशी पर्यटक

गण्डकी । अन्नपूर्ण संरक्षण क्षेत्रमा कात्तिक महिनामा ३३ हजार ३१० विदेशी पर्यटक भित्रिएका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार ६७८ र अन्य मुलुकका २१ हजार ६३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त…

Read More

अक्टोबरमा १ लाख २४ हजारभन्दा बढी पर्यटक भित्रिए, प्रमुख सिजनमा छैन उत्साह

काठमाडौं । नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक रहन सकेन । नेपाल पर्यटन बोर्डकाअनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले लक्ष्यअनुसार पर्यटक नआउनुमा नेपालमा प्राकृतिक विपत्तिले असर गरेको बताए । यद्दपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको उनको भनाइ…

Read More

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

सोलुखुम्बु। ‘दिगो पर्यटनका लागि हिमाल बचाऔं’ नाराका साथ पहिलो संस्करणको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने भएको छ । आज सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको कालापत्थर (५,६५३ मिटर उचाइ) मा आयोजित पत्रकार सम्मेलनमा आयोजक एएमएस म्युजिक एण्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले अवार्ड कार्यक्रम आगामी डिसेम्बरमा काठमाडौँमा हुने जानकारी दिइन् । मुलुकको पर्यटन क्षेत्रको…

Read More

पर्यटन क्षेत्रमा बहारसँगै हाइगर बसको लोकप्रियता बढ्दो

काठमाडौं । आरामदायी पर्यटक सवारीका रुपमा डेढ दशकदेखि नेपालको पर्यटन क्षेत्रमा आधिपत्य जमाउँदै आएको हाइगर बसको लोकप्रियता पछिल्लो समय ह्वात्तै बढेको छ । पर्यटक आगमनमा आएको बहारसँगै सुविधासम्पन्न सवारीसाधनको खोजीमा रहेका पर्यटन व्यवसायीले माग गरेपछि एकैपटक दर्जनौं हाइगर बस नेपाली बजारमा भित्रिएका छन् । नेपालमा आर्क्स ग्रुपले चीनमा निर्मित हाइगर बस बिक्री गर्दै आएको छ…

Read More

विश्वकै डरलाग्दाे लुक्ला विमानस्थल (तस्बिरहरु)

काठमाडाैं। नेपालको लुक्ला विमानस्थल विश्वकै खतरनाक विमानस्थल रहेकाे छ । सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी विमानस्थल विश्वकै खतरनाक बिमानस्थल भनेर चिनिन्छ। आर्टेमिस एयरस्पेसले विश्वका हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थल लुक्लालाई पनि समावेश गरेको हाे । वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावन मार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थललाई विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा…

Read More

दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको घोडेपानीका होटल व्यवसायीहरुले बताएका छन् । दसैँको समयमा घोप्टेखर्कमा पहिरोले अवरुद्ध बनाएको सडक मर्मत गरेर पोखरेबगर–घोडेपानी सडकमा…

Read More

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ । केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा उनको उपचार भइरहेको थियो । ७३ वर्षीय मिश्रकाे उपचारकै क्रममा निधन भएको परिवारिक स्रोतले जनाएको छ । साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन…

Read More

बन्दिपुर हिलले कार्तिक ९ गतेदेखि १५ गतेसम्म चाडपर्व उत्सव सञ्चालन गर्दै

काठमाडौं । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा कार्तिक ९ गतेदेखि १५ गते सम्म भव्य रुपमा चाडपर्व उत्सव सञ्चालन हुने भएको छ । जस अन्तर्गत पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलमा नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको अवसरमा देउसी भैलो प्रतियोगिता हुने भएको छ । ‘सङ्गीतमा झुम्दै, खानपिनमा रम्दै, चाडपर्व मनाऔँ, चाडपर्व उत्सव–२०८१ मा सहभागी बनौँ’ भन्ने…

Read More