विश्वकै डरलाग्दाे लुक्ला विमानस्थल (तस्बिरहरु)

काठमाडाैं। नेपालको लुक्ला विमानस्थल विश्वकै खतरनाक विमानस्थल रहेकाे छ । सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ–हिलारी विमानस्थल विश्वकै खतरनाक बिमानस्थल भनेर चिनिन्छ। आर्टेमिस एयरस्पेसले विश्वका हेर्नैपर्ने विमानस्थलमा नेपालको तेन्जिङ–हिलारी विमानस्थल लुक्लालाई पनि समावेश गरेको हाे ।

वरिपरि भिराला पहाडले घेरिएको, छोटो धावन मार्ग (एक हजार ७२९ फिट), छिनछिनमा बदलिने मौसमलगायतका कारण यो विमानस्थललाई विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा राखिएकाे हाे।

नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्येमा पर्छ । यो विमानस्थल समुद्री सतहभन्दा दुई हजार आठ सय मिटरको उचाइमा रहेको छ ।

सगरमाथाको प्रवेशद्वार मानिएको लुक्ला विमानस्थलमा मौसमको चुनौती पनि उत्तिकै छ। हिमाली क्षेत्र भएकाले हुस्सु र हावाले उडानमा जटिलता थप्ने विमान चालकहरू बताउँछन्। यहाँ प्रायः बिहानी मौसम सफा रहने भएकाले अधिकतम उडान बिहानकै समयमा हुने गर्छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *