पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१र८२ मा रु। एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ । अन्नपूूर्ण –२…

Read More

गौशाला धर्मशाला विवादः पर्यटनमन्त्रीद्वारा परिषद् बैठक आह्वान

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवाद अन्त्य गर्ने प्रयासस्वरुप पशुपति क्षेत्र विकास कोषको बैठक आह्वान गरेका छन् । उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिृका छन् पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति…

Read More

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुईसय उडान

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मंगलबार रामेछापको मन्थली र काठमाडौँबाट एक सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले…

Read More

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

गण्डकी। पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ। बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन्। गत जुलाईमा पाँच हजार दुई सय ४९ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा सेप्टेम्बरमा बढेर पर्यटकको सङ्ख्या २३ हजार ८८ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। अगष्टमा त्यस क्षेत्रमा…

Read More

मनाङमा पर्यटकको चहलपहल बढ्यो

मनाङ । असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे । एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिए । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।…

Read More

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति…

Read More

नेपाली पर्यटक भित्र्याउन काठमाडौंमा इन्डोनेसियाको सेल्स मिसन

काठमाडौं । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मनपर्ने गन्तव्यको रूपमा कायम राख्न काठमाडौंमा बिक्री मिसन गरेको छ । सेल्स मिसनमा मन्त्रालय, बङ्गलादेश र नेपालस्थित इन्डोनेसियाली दूतावास सहित ३० भन्दा बढी पर्यटन उद्योग तथा कम्पनीहरूले सहकार्य गरेका थिए । इन्डोनेसियामा नेपाली पर्यटकको संख्यामा सकारात्मक वृद्धि देखिएकाले इन्डोनेसियाले थप प्रवर्द्धनको…

Read More

मनकामना केबुलकार अब डिजिटल डी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने

काठमाडौं । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो । अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको…

Read More

धार्मिक पर्यटनका दृष्टिकोणले सूदुरपश्चिम भर्जिन क्षेत्र हो: मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत…

Read More

नेपालमा विदेशी पर्यटक बढ्दै, अगष्टमा ८.३ प्रतिशतले बढे

काठमाडौं । सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन ८.३ प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा ५ हजार ५ सय ६६ पर्यटक बढी नेपाल भित्रिएका हुन् । सन् २०२३ को अगष्टमा कुल ६७ हजार १५३ जना पर्यटक आएकामा सन् २०२४ को अगष्टमा…

Read More

पर्यटन बोर्ड र एसटीएलआरपीलाई तेस्रोपटक पाटा गोल्ड अवार्ड

काठमाडौं । नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले तेस्रो पटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अबार्ड प्राप्त गरेको छ । प्यासिफिक ट्रावल एशोसिएसन (पाटा) को थाइल्याण्डमा बुधबार आयोजित कार्यक्रममा पाटका अध्यक्ष पीटर साइमनले (एसटीएलआरपी) परियोजनाका निमित्त प्रवन्धक धर्म दवाडीलाई अर्वाड…

Read More

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा सिफारिस

काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएकी छिन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लम्साललाई राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए । यससँगै अब परराष्ट्रमा नयाँ सचिव सिफारिस हुनेछन् । २०८० मंसिर २९ मा परराष्ट्र मन्त्रालयको सचिव नियुक्त भएकी लम्साल परराष्ट्र मन्त्रालयको…

Read More

गृहमन्त्री लेखकको पहलपछि पर्यटकका लागि सबै नाकामा सहज

काठमाडाैं । कोरोना कहरका बेला तेस्रो मुलुकका पर्यटकहरुलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । गृहमन्त्री लेखकले भारतसितको समझदारीमा कोरोना कहरका बेला स्वास्थ्य सर्तकता अप्नाउने क्रममा तेस्रो मुलुकका पर्यटकहरुलाई नेपालका नाका हुँदै भारत जान गरिएको अवरोधको गाँठो फुकाएपछि अहिले नेपाल–भारतका नाकाहरुबाट पर्यटक आवागमन सहज भएको छ । साउन…

Read More

पर्यटकका लागि भियतनाम–नेपाल दुइटा चार्टर उडान हुने

काठमाडौं । सिधा उडान सम्पर्क नभएको भियतनाम र नेपालबीच पर्यटक आदानप्रदान गर्ने उद्देश्यले दुइटा चार्टर उडान हुने भएका छन् । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले दशैंलगत्तै असोज ३० गते नेपालबाट कम्तीमा एक सय ५० पर्यटकलाई भियतनाम लैजाने भएको छ । त्यसै दिन भियतनामबाट १ सय ५० हाराहारी पर्यटक नेपाल आउने भएका छन् । रुप्से होलिडेजका प्रबन्ध…

Read More

काठमाडौं आइपुगे भारतीय विदेश सचिव

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणका लागि आईपुगेका छन् । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो । सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ । परराष्ट्र…

Read More

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धि द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसंग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी लि.मा आफ्नो सवारी साधनको…

Read More

७ महिनामा भित्रिए ६ लाख ४७ हजार पर्यटक

काठमाडौं । सन् २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुलाईमा सबैभन्दा कम पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएकाे छ । कोभिडअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ जना विदेशी पर्यटक नेपाल आएका थिए । सन् २०२४ को जुलाईसम्म नेपाल घुम्न आउने पर्यटकहरूको सङ्ख्या ६ लाख ४७ हजार…

Read More

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व संकलन

धरान । कोशी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष ०८०/८१ मा ४० लाख १४ हजार ७९४ रुपैयाँ राजस्व संकलन गरेको छ। आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जंगल सफारी, पर्या–पर्यटक, वनपैदावर, जंगल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट ४० लाख १४ हजार ७९४ रुपैयाँ राजस्व संकलन भएको हो । सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य…

Read More

नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउछौँ: पर्यटनमन्त्री पाण्डे

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पर्यटनमन्त्री पाण्डेको स्वागतका लागि नेपाल पर्यटन बोर्डले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका हुन्। उनले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्दै…

Read More

जलस्रोत, पर्यटन र कृषिका क्षेत्रमा लगानी गर्न जापानीलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना…

Read More