काठमाडौं । नेपालको मुख्य पर्यटन सिजनमै पर्यटक आगमन उत्साजनक रहन सकेन । नेपाल पर्यटन बोर्डकाअनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आएका छन् ।
पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले लक्ष्यअनुसार पर्यटक नआउनुमा नेपालमा प्राकृतिक विपत्तिले असर गरेको बताए । यद्दपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको उनको भनाइ छ ।
अक्टोबर २०१९ मा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए । अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ । यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आएका छन् ।२०२४
को कुन महिना कति पर्यटक?
जनवरी : ७९,१००
फेब्रुअरी : ९७,४२६
मार्च : १,२८,१६७
अप्रिल : १,११,३७६
मे : ९०,२११
जुन : ७६,७३६
जुलाई : ६४,५९९
अगस्ट : ७२,७१९
सेप्टेम्बर : ९६,३०५
अक्टोबर : १,२४,३९३
अक्टोबरमा भारतीय हाराहारी नै अमेरिकी पर्यटक नेपाल आएका छन् । तथ्यांकअनुसार अक्टोबरमा १६ हजार ३ सय १३ भारतीय र १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् ।
त्यस्तै बेलायतबाट ८ हजार १९ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक आएको तथ्यांकले देखाएको छ । अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनी ६ हजार १८, फ्रान्स ५ हजार ४ सय ८५, बंगलादेश ४ हजार ४ सय ७६, श्रीलंका ३ हजार १ सय २५ र इटालीबाट २ हजार ६ सय ३५ जना आएका छन् ।
अर्थ सन्जाल