द रिट्ज–कार्लटनले नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्य बनाउन सक्ने : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड ‘द रिट्ज–कार्लटन’को नेपाल प्रवेशले मुलुकको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन सक्ने बताएका छन्। सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियट तथा चौधरी समूहका प्रतिनिधिसँग भएको भेटमा उनले द रिट्ज–कार्लटनको उपस्थितिले नेपाललाई विश्वका धनी पर्यटक र उच्चस्तरीय यात्रुहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए।…



